Skip to main content

शहरी विकास मन्त्रालयका माननीय मन्त्री श्री सीता गुरुङ्गज्यूको प्रमुख आतिथ्य तथा शहरी विकास मन्त्रालयका सचिवज्यू एवं कोषका अध्यक्षज्यू श्री मणि राम गेलाज्यू को अध्यक्षतामा कोषको ३६ औं वार्षिक उत्सव समारोह २०८० फाल्गुण २ गते ललितपुरमा सम्पन्न ।

नगर विकास कोषको ३६ औं वार्षिकोत्सव समारोहमा नगर प्रमुख, पोखरा महानगरपालिकाका एवम् नगर विकास कोष संचालक समितिका सदस्य श्री धनराज आचार्य, खानेपानी मन्त्रालयका सचिव श्री सुरेश आचार्यज्यू, European Union का महामहिम राजदुतMS. Veronique LORENZO, Asian Development Bank का Country Director Mr. Arnaud Arnaud Cauchois, नेपाल नगरपालिका संघ का अध्यक्ष श्री भीम ढुंगानाज्यू, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष श्री लक्ष्मी देवी पाण्डेज्यूको आतिथ्यमा आयोजना भएको वार्षिकोत्वसव कार्यक्रममा कोषका संचालक सदस्यज्यूहरु, कोषको शहरी विकास मन्त्रालयका सहसचिवज्यूहरु एवम् सम्बद्ध पदाधिकारीहज्यूहरु, नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग एवम् निकायहरुका पदाधिकारीज्यूहरुको महत्ववपूर्ण उपस्थिति रहेको थियो ।

वार्षिकोत्वसम कार्यक्रममा कोषका कार्यकारी निर्देशकज्यूबाट कोषले शहरी पूर्वाधार विकासमा कोषले खेलको भूमिकाका बारेमा जानकारी गराउँदै कोषलाई नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र वित्तीय संस्थाहरुको समेत शेयर स्वामित्व रहने गरी दिगो वित्तीय मध्यस्तकर्ताको रुपमा स्थापित गर्ने भावि योजनालाई मूर्तरुप दिन कोषको प्रतिबद्धता जाहेर गर्नुभयो ।

वार्षिकोत्वस समारोहमा पाल्ुन भएका प्रमुख अतिथिज्यू, विशिष्ठ अतिथिज्यूहरु, अतिथिज्यूहरु, दातृ निकायका प्रमुख एव प्रतिनिधीज्यूहरु सम्बद्ध मन्त्रालयका पदाधिकारीज्यूहरु एवं सम्पूर्ण उपस्थित महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्दछौं । समारोहका आद रणीय वक्ताहरुबाट प्राप्त सुझाव तथा सल्लाहरुलाई कोषको उद्देश्य प्राप्तिमा मार्गदर्शनका रुपमा ग्रहण गर्नेछौं ।

वार्षिकोत्वस समारोहमा उत्कृष्ट सेवाग्राीकोरुपमा कदर प्रत्र सहित सम्मान हुन भएका बुटवल उपमाहानगरपालिका र जिरी नगरपालिका तथा लमही खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र उर्लाबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई हार्दिक बधाई साथै कोषका उत्कृष्ट र प्रशंसनीय कर्मचारीको रुपमा पुरस्कार सहित कदरपत्र प्राप्त गर्नुहुने कर्मचारी श्री मनोहर उपाध्याय र कदर पत्र प्राप्त गर्नुहुने कोष युनियनका निर्वतमान संस्थापक अध्यक्ष श्री जगत प्रसाद घिमिरेज्यूलाई लाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।

Municipal Finance And Capacity Building (MFCB) Programme Progress-September 2023

Submitted by admin on 6 October 2023

Municipal Finance and Capacity Building (MFCB) Programme

Programme Status

Last Update: October 2, 2023                Time elapsed: 95% (118% original)

Start Date: 1 Feb 2019                           Completion date: 31 January 2023 (Extended to 31 Jan 2024)

Total Activities: 52                                 Completed Activities: 24 (Process=14; Task=10)

कोषको शहरी पूर्वाधार विकास आयोजना अन्तर्गत वालिङ नगरपालिकामा “वालिङ बसपार्क (Waling Bus Park)" आयोजना निर्माणका लागि ऋण तथा अनुदान सम्झौता सम्पन्न ।

कोषको शहरी पूर्वाधार विकास आयोजना अन्तर्गत वालिङ नगरपालिकामा “वालिङ बसपार्क (Waling Bus Park)" आयोजना निर्माणका लागि ऋण तथा अनुदान सम्झौता सम्पन्न ।

वालिङ नगरपालिकामा व्यवस्थित वसपार्क निर्माणका लागि मिति २०८० असोज ८ गते वालिङ नगरपालिका र नगर विकास कोष बीच ऋण सम्झौता सम्पन्न भएको छ ।

नगर विकास कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यू र वालिङ नगरपालिका नगर कार्यपालिका प्रमुख श्री कृष्ण खाँणज्यू बीच आयोजनाको कुल अनुमानित लागत रू. १२,२७,५७,०००।-(अक्षरेपी बाह्र करोड सत्ताईस लाख सन्ताउन्न हजार मात्र) को ५५ प्रतिशतले हुन आउने रकम रू. ६,७५,१६,३५०।- (अक्षरेपी छ करोड, पचहत्तर लाख, सोह्र हजार तीन सय पचास मात्र) ऋण र १० प्रतिशतले हुन आउने रकम रू. १,२२,७५,७००।‑ (अक्षरेपी एक करोड बाईस लाख पचहत्तर हजार सात सय मात्र) को अनुदान सम्झौतामा हस्ताक्षर सम्पन्न गरिएको छ ।

वालिङ बसपार्क आयोजना निर्माणको कुल अनुमानित लागत रू. (१२,२७,५७,०००।- (अक्षरेपी बाह्र करोड सत्ताईस लाख सन्ताउन्न हजार मात्र) को ३५ प्रतिशत बराबरले हुन आउने रकम रू. ४,२९,६४,९५०।‑ (अक्षरेपी चार करोड उनान्तीस लाख चौसठ्ठी हजार नौ सय पचास मात्र) रकम नगरपालिकाबाट व्यहोरिनेछ ।

वालिङ नगरपालिकाको वडा नं. ८ मा करिब ३० रोपनी क्षेत्रफलमा निर्माण हुने यो आयोजनालाई लुम्विनी प्रदेश र गण्डकी प्रदेशका जिल्लाहरुबाट आवत जावत गरिने सवारी साधनहरुको व्यवस्थापनका लागि महत्वपूर्ण आयोजनाकोरुपमा मानिएको छ ।

उक्त सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुखज्यूबाट यस बसपार्कबाट नगरवासीलाई व्यवस्थित र आधुनिक सेवा सुविधा प्रवाह गर्नुका साथै यस क्षेत्रका जनताको सामाजिक र आर्थिक विकासमा समेत टेवा पुग्ने विस्वास व्यक्त गर्दै आयोजना गुणस्तरीयरुपमा समयमा सम्पन्न गर्नेतर्फ नगरपालिकाको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्झौता कार्यक्रममा कोषका कार्यकारी निर्देशकज्यूले आयोजना ऋण सम्झौताको चरणसम्म आई पुग्दा नगर विकास कोषले आयोजनालाई गुणस्तरीय बनाउन आयोजनाको तयारी तथा विकासको चरणदेखि नै नगरपालिकासंग सहकार्य भएको बताउदै आयोजनालाई गुणस्तरीयरुपमा सम्पन्न गर्नेतर्फ नगरपालिकाको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गर्नुभयो । यो आयोजना लुम्विनी प्रदेश र गण्डकी प्रदेशका विभिन्न जिल्लाका सवारी साधनहरुको लागि व्यवस्थित गन्तव्यको रुपमा विकास भई व्यवस्थित शहरीकरणमा समेत महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्झौता कार्यक्रमा नगर विकास कोषको तर्फबाट नगर विकास कोष संचालक समितिका सदस्य श्री हिक्मत जंग कार्कीज्यू तथा कोषका पदाधिकारीहरु र नगरपालिकाको तर्फबाट वालिङ नगरपालिकाका उप–प्रमुख श्री कविता गैह्रेज्यू, वडा नं. १ अध्यक्ष श्री पदम गुरुङज्यू, वडा नं.१० अध्यक्ष श्री सुनिल खनालज्यू र वालिङ नगरपालिकाका इन्जिनियर धुर्व रेग्मीज्यूको पनि महत्वपूर्ण उपस्थिती रहेको थियो ।

Subscribe to
happy new year