Skip to main content

कोषको शहरी पूर्वाधार विकास आयोजना अन्तर्गत वुटवल उप-महानगरपालिकामा “बुटवल आधुनिक बहुतल्ले पार्किङ भवन (Modern Multilayer Parking Building) आयोजना" निर्माणका लागि ऋण सम्झौता सम्पन्न ।

वुटवल उप‑महानगरपालिकामा सवारी साधनको चापलाई मध्यनजर गर्दै सवारी साधनको व्यवस्थित पार्किङ्गको लागि आधुनिक बहुतल्ले पार्किङ भवन, (Modern Multilayer Parking Building) आयोजना निर्माणका लागि मिति २०८० श्रावण ०८ गते वुटवल उप‑महानगरपालिका र नगर विकास कोष बीच ऋण सम्झौता सम्पन्न भएको छ ।

नगर विकास कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यू वुटवल उप‑महानगरपालिका नगर प्रमुख श्री खेलराज पाण्डेज्यू बीच रू. १९ करोड ७६ लाख २७ हजार को ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न गरिएको छ ।

यस आयोजना निर्माणको कुल अनुमानित लागत रकम रु. ३० करोड ४० लाख ४२ हजार को ६५ प्रतिशत ऋण र ५ प्रतिशत अनुदान कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिनेछ ।

कोषले नविनतम् र नवप्रबद्र्धक आयोजनाहरुमा लगानी विस्तार गर्दै व्यवस्थित शहरीकरणमा सघाउ पुर्याउने उद्देश्यले नेपालमै यस किसिमको पहिलो आयोजनामा कोषले लगानी प्रबद्र्धन गरेको छ । बुटवल ९ नम्बर वडाको अहिले बसपार्क रहेको क्षेत्रभित्र सञ्चालन हुने पार्किङ भवनमा एक पटकमा १९५ कार अट्ने गरी डिजाइन भएको छ ।अनुपातको हिसाबमा सतही पार्किङ भन्दा करिब ५ गुणासम्म पार्किङ गर्न सकिने यसको संरचनाको माथिल्लो भाग फलामको हुन्छ र आवश्यकताको आधारमा यसलाई अन्यत्र सार्न सकिने र बहुतले पार्किङ युनिट अटोमेटिक तरिकाले सञ्चालन हुनेछ ।

सम्झौता कार्यक्रममा बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेज्यूले हाल वुटवल उपमहानगरपालिकाको बजार क्षेत्रमा पार्किङ गर्ने स्थानको अभाव भैरहेकाले यस आयोजनलाई अगाडि बढाईएको र समयमा सम्पन्न गरी बजार क्षेत्रका सवारी साधनलाई उचित रुपमा व्यवस्थापन हुने बताउनुभयो ।

कोषका कार्यकारी निर्देशकज्यूले नेपालमै पहिलो पटक र कोषले पनि पहिलो पटक यस्तो सम्झौता गरेको बताउँदै यो आयोजना अन्य नगरपालिकाका लागि समेत नमूना आयोजनाको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । वहाँले वुटवल उपमहानगरपालिकासँग शहरी पूर्वाधार विकासका अन्य ठूला आयोजनामा समेत सहकार्य गर्ने गरी अगाडि बढुनपर्नेमा जोड दिनुभयो ।

नगर विकास कोष संचालक समितिको २०८ औं बैठक सम्मपन्न ।

नगर विकास कोष संचालक समितिको २०८ औं बैठक शहरी विकास मंत्रालयका सचिव एवं कोषका अध्यक्ष श्री रविन्द्रनाथ श्रेष्ठज्यूको अध्यक्षतामा मिति २०८०।०३।१५ गते सम्मपन्न !

सञ्चालक समितिको बैठक पूर्वाधारको क्षेत्रमा कोषको लगानीलाई विविधिकरण गर्ने तथा नवप्रवर्तक र नविनतम आयोजनाहरुलाई प्रोत्साहन तथा प्रबद्र्धन गर्ने कोषको लक्ष्य अनुरुप बुटवल उपमहानगरपालिकमा “बुटवल आधुनिक बहुतल्ले पार्किङ भवन, (Butwal Modern Multilayer Parking Building)" आयोजनाको स्वीकृती, कोषबाट विभिन्न नगपालिका र उपभोक्ता संस्थाहरुमा गरिएको ऋण लगानीको ऋणको पुनर्संरचना वा पुनर्तातालिकीकरण गर्न आवश्यक रहेका ऋणहरुको पुनर्संरचना वा पुनर्तातालिकीकरणको स्वीकृतीको प्रक्रिया अगाडि बढाउने, कोषको संगठन तथा व्यवस्थापन सर्वेक्षण अध्ययन प्रतिवेदन तयार गर्ने स्वीकृती लगायतका निर्णय सहित सम्पन्न ।

सह–लगानी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत धादिङबेशी सह लगानी खानेपानी तथा सरसफाई आयोजना धादिङ्गमा नगर विकास कोषको रु. ७ करोड ३५ लाख ऋण लगानीका लागि ऋण सम्झौता सम्पन्न !

सह–लगानी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत धादिङबेशी सह लगानी खानेपानी तथा सरसफाई आयोजना धादिङ्गमा नगर विकास कोषको रु. ७ करोड ३५ लाख ऋण लगानीका लागि ऋण सम्झौता सम्पन्न !

सहलगानी तथा साझेदारी नीति अवधारणामा नेपाल सरकार, नगर विकास कोष तथा निलकण्ठ नगरपालिकाको संयुक्त सह लगानीमा निर्माण हुने धादिङबेशी सह लगानी खानेपानी तथा सरसफाई आयोजना निर्माणका लागि आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनौट भएको बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अंक (खानेपानी आपूर्ति तर्फ) को लागत रु. २९ करोड ४० लाख ४ हजारको २५% ले हुने रकम रु. ७ करोड ३५ लाख १ हजार कोषबाट ऋण लगानीका लागि नगर विकास कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यू र निलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री पुरुषोत्तम सुवेदी बीच मिति २०८० अषाढ १२ गते ऋण सम्झौता सम्पन्न भएको छ ।

निलकण्ठ नगरपालिकाको वडा नं. २, ३, ४ र १२ सेवा क्षेत्र रहेको उक्त आयोजनाको लागि कूल लागतको नेपाल सरकारबाट ७० प्रतिशत अनुदान, नगर विकास कोषबाट २५ प्रतिशत ऋण लगानी र ५ प्रतिशत रकम निलकण्ठ नगरपालिकाबाट व्यहोरिने छ । उक्त आयोजना निर्माण पश्चात सन् २०२३ मा ५१६४ घरधुरी २५६२६ जनसंख्यालाई २४ सै घण्टा खानेपानी सेवा पुयाउने लक्ष्य रहेको छ ।

ऋण सम्झौता कार्यक्रममा निलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतज्यूले निलकण्ठ नगरपालिका तथा आसपासका क्षेत्रमा शहरीकरण विस्तार भैरहेको अवस्थामा जनताको आधारभूत आवश्यकतासंग जोडिएको यस आयोजनालाई नगर विकास कोषबाट प्राप्त वित्तीय सहयोगले आयोजनालाई समयमा सम्पन्न गर्न सहयोग हुने बताउनुभयो ।

कार्यक्रममा नगर विकास कोषका कार्यकारी निर्देशकज्यूले आयोजनालाई समयमा गुणस्तरीयरुपमा सम्पन्न गराउन तथा यसको दिगोरुपमा संचालन व्यवस्थापन गराउनका लागि नगरपालिकाले आयोजनाको प्राविधिक लगायतका पक्षमा निरन्तररुपमा अनुगमन तथा निरिक्षण गर्नुपर्नेमा जोड दिनु भयो ।

Subscribe to
happy new year