शहरी विकास मन्त्रालयका माननीय मन्त्री श्री विक्रम पाण्डेज्यूको प्रमुख आतिथ्य तथा शहरी विकास मन्त्रालयका सचिवज्यू एवं कोषका अध्यक्षज्यू श्री सुरेश आचार्यज्यूको अध्यक्षतामा सम्पन्न कोषको ३५ औं वार्षिक उत्सव समारोहमा पाल्नु भएका प्रमुख अतिथिज्यू, विशिष्ठ अतिथिज्यूहरु, अतिथिज्यूहरु, दातृ निकायका प्रमुख एव प्रतिनिधीज्यूहरु सम्बद्ध मन्त्रालयका पदाधिकारीज्यूहरु एवं सम्पूर्ण उपस्थित महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्दछौं । समारोहका आदरणीय वक्ताहरुबाट प्राप्त सुझाव तथा सल्लाहरुलाई कोषको उद्देश्य प्राप्तिमा मार्गदर्शनका रुपमा ग्रहण गर्नेछौं ।
वार्षिकोत्वस समारोहमा उत्कृष्ट सेवाग्राीकोरुपमा कदर प्रत्र सहित सम्मान हुन भएका ईलाम नगरपालिका र वेलवारी नगरपालिका तथा अत्तरिया खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई हार्दिक बधाई साथै कोषका उत्कृष्ट र प्रशंसनीय कर्मचारीहरुको रुपमा पुरस्कार सहित कदरपत्र प्राप्त गर्नुहुने कर्मचारीहरुमा हार्दिक बधाई ज्ञापन
गर्दछौं ।
