Skip to main content

सह–लगानी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत धादिङबेशी सह लगानी खानेपानी तथा सरसफाई आयोजना धादिङ्गमा नगर विकास कोषको रु. ७ करोड ३५ लाख ऋण लगानीका लागि ऋण सम्झौता सम्पन्न !

सहलगानी तथा साझेदारी नीति अवधारणामा नेपाल सरकार, नगर विकास कोष तथा निलकण्ठ नगरपालिकाको संयुक्त सह लगानीमा निर्माण हुने धादिङबेशी सह लगानी खानेपानी तथा सरसफाई आयोजना निर्माणका लागि आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनौट भएको बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अंक (खानेपानी आपूर्ति तर्फ) को लागत रु. २९ करोड ४० लाख ४ हजारको २५% ले हुने रकम रु. ७ करोड ३५ लाख १ हजार कोषबाट ऋण लगानीका लागि नगर विकास कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यू र निलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री पुरुषोत्तम सुवेदी बीच मिति २०८० अषाढ १२ गते ऋण सम्झौता सम्पन्न भएको छ ।

निलकण्ठ नगरपालिकाको वडा नं. २, ३, ४ र १२ सेवा क्षेत्र रहेको उक्त आयोजनाको लागि कूल लागतको नेपाल सरकारबाट ७० प्रतिशत अनुदान, नगर विकास कोषबाट २५ प्रतिशत ऋण लगानी र ५ प्रतिशत रकम निलकण्ठ नगरपालिकाबाट व्यहोरिने छ । उक्त आयोजना निर्माण पश्चात सन् २०२३ मा ५१६४ घरधुरी २५६२६ जनसंख्यालाई २४ सै घण्टा खानेपानी सेवा पुयाउने लक्ष्य रहेको छ ।

ऋण सम्झौता कार्यक्रममा निलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतज्यूले निलकण्ठ नगरपालिका तथा आसपासका क्षेत्रमा शहरीकरण विस्तार भैरहेको अवस्थामा जनताको आधारभूत आवश्यकतासंग जोडिएको यस आयोजनालाई नगर विकास कोषबाट प्राप्त वित्तीय सहयोगले आयोजनालाई समयमा सम्पन्न गर्न सहयोग हुने बताउनुभयो ।

कार्यक्रममा नगर विकास कोषका कार्यकारी निर्देशकज्यूले आयोजनालाई समयमा गुणस्तरीयरुपमा सम्पन्न गराउन तथा यसको दिगोरुपमा संचालन व्यवस्थापन गराउनका लागि नगरपालिकाले आयोजनाको प्राविधिक लगायतका पक्षमा निरन्तररुपमा अनुगमन तथा निरिक्षण गर्नुपर्नेमा जोड दिनु भयो ।

happy new year