नेपाल सरकार लगानी बोर्ड तथा लुम्बिनी प्रदेश मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्बयमा आयोजित सार्बजनिक – निजी साझेदारी सम्बन्धी दुईदिने प्रादेशिक छलफल कार्यक्रममा नगर विकास कोषको तर्फबाट कार्यकारी निर्देशक श्री बिनोद प्रकाश पण्डित ज्यु बाट सार्बजनिक निजी साझेदारी लगानी मोडालिटी साथै सार्बजनिक निजी साझेदारी अनुसार कोष बाट संचालन गरिएका आयोजना हरु र हालसम्म भएका प्रयास सम्बन्धमा प्रस्तुतीकरण गर्नुभयो ।
उक्त कार्यकार्यक्रममा लुम्बिनी प्रदेश मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहको सहभागिता रहेको थियो ।