Skip to main content

मिति २०७९ अषाढ १५ गते माननीय शहरी विकास मन्त्री मेटमणी चौधरीज्यू तथा शहरी विकास मन्त्रालयका नि. सचिव पद्यकुमार मैनालीज्यू, मन्त्रालयका सह सचिवज्यू लगायतका पदाधिकारीज्यूबाट नगर विकास कोषको भ्रमण सहित कोषका विविध विषयहरुमा जानकारी लिने कार्यक्रम सम्पन्न भयो । कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यूबाट माननीय मन्त्रीज्यू, नि. सचिवज्यू, मन्त्रालयका सहसचिवज्यू लगायतका पदाधिकारीज्यूहरुलाई स्वागतका साथ कोषको कार्यक्रमहरु र आगामी कार्यदिशाका सम्बन्धमा जानकारी गराउनु भयो ।
कार्यक्रममा शहरी विकास मन्त्रालयका नि. सचिव पद्यकुमार मैनालीज्यूबाट ऋण लगानीको अवधारणा मार्फत शहरी पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ स्थापना भएको कोषलाई शहरी पूर्वाधार विकास निगमकोरुपमा आगाडि बढाउन कोष समेत सक्रियताकासाथ आगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा माननीय मन्त्रीज्यूबाट कोषका कार्यक्रमहरुको विषयमा अन्तरक्रियात्मक रुपमा छफलफलका साथ कोषलाई व्यवसायिक आयोजनाहरुका साथसाथै सामाजिक पूर्वाधारका आयोजनाहमा समेत लगानी गर्दै नगरपालिकाहरुको समृद्धिका लागि अझ सुदृढ र सबल संस्थाका रुपमा स्थापित भई आगडि बढुनुपर्ने धारणा व्यक्त गर्नुभयो । माननीय मन्त्रीज्यूबाट कोषको पूँजी संरचना बृद्धिसंगै प्रस्तावित शहरी पूर्वाधार विकास निगम ऐन कार्यान्वनमा ल्याउन आफ्नो तथा मन्त्रालयको तर्फबाट महत्वपूर्ण पहल हुने जानकारी गराउनुभयो ।

happy new year