Skip to main content

कोषको ३८ औं वार्षिक उत्सव समारोह माननीय शहरी विकास मन्त्री श्री प्रा.डा. कुमार इङ्नाम सिंहज्यूको प्रमुख आतिथ्यमा सम्पन्न ।

कोषको ३८ औं वार्षिक उत्सव समारोह माननीय शहरी विकास मन्त्री श्री प्रा.डा. कुमार इङ्नाम सिंहज्यूको प्रमुख आतिथ्यमा सम्पन्न ।

माननीय शहरी विकास मन्त्री प्रा.डा. कुमार इङ्नामज्यूको प्रमुख आतिथ्य तथा शहरी विकास मन्त्रालयका सचिवज्यू एवं कोषका अध्यक्षज्यू श्री गोपाल प्रसाद सिग्देलज्यूको अध्यक्षतामा कोषको ३८ औं वार्षिक उत्सव समारोह २०८२ फाल्गुण २ गते ललितपुरमा सम्पन्न भएको छ ।

कोषको ३८ औं वार्षिकोत्सव समारोह राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठज्यू, नेपाल नगरपालिका संघका अध्यक्ष भिम ढुंगानाज्यू, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष श्री लक्ष्मी देवी पाण्डेज्यूको आतिथ्यमा आयोजना भएको वार्षिकोत्वसव कार्यक्रममा कोषका संचालक सदस्यज्यूहरु, कोषको शहरी विकास मन्त्रालयका सहसचिवज्यूहरु एवम् सम्बद्ध पदाधिकारीहज्यूहरु, नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग एवम् निकायहरुका पदाधिकारीज्यूहरुको, दातृ निकायका प्रतिनिधीज्यूहरुको महत्ववपूर्ण उपस्थिति रहेको थियो ।

वार्षिकोत्वसम कार्यक्रममा माननीय शहरी विकास मन्त्री प्रा.डा. कुमार इङ्नामज्यूले कोषले नगर क्षेत्रको समग्र विकासमा पुऱ्याए‌को योगदान प्रशंसा गर्दै विद्यमान शहरलगायत भविष्यमा निर्माण हुने शहरमा शहरी जीवनस्तरमा सुधार ल्याउन गुणस्तरीय, वातावरणमैत्री र दिगो शहरी पूर्वाधार निर्माण, विकास तथा विस्तारमा कोषले लगानी बृद्धि गर्दै जानुपर्नेमा जोड दिनुभयो । माननीय मन्त्रीज्यूले कोषलाई संघ, प्रदेश र स्थानीय तह एवम् वित्तीय संस्थाहरुको समेत स्वामित्व रहने गरी पुनर्संरचना नगर विकास कोष ऐन, २०५३ को संशोधन प्रक्रियालाई यथाशिघ्र निष्कर्षमा पुर्याउन मन्त्रालयको प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठज्यूले शहरी पूर्वाधारका क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोग गर्दै सरकारको वित्तीय मध्यस्थकर्ताको रुपमा पूर्वाधारको क्षेत्रमा दिगो विकास लक्ष्य हासिल गर्न पुर्याएको योगदानको उच्च मुल्यांकन गर्नुभयो ।

शहरी विकास मन्त्रालयका सचिवज्यू एवं कोषका अध्यक्षज्यू श्री गोपाल प्रसाद सिग्देलज्यूले नगर विकास कोषले मुलुकको सङ्घीय संरचनाका आधारमा व्यवस्थित सहरी पूर्वाधार विकासका लागि आवश्यक पर्ने लगानी परिचालन गर्न सक्षम हुने विश्वास व्यक्त्त गर्दै कोषलाई मुलुककै एक नेतृत्वदायी वित्तीय मध्यस्थकर्ता संस्थाका रुपमा स्थापित गराउन मन्त्रालयको प्रतिबद्धता जनाउनुभयो ।

नेपाल नगरपालिका संघका अध्यक्ष भिम ढुंगानाज्यू एवम् गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष श्री लक्ष्मी देवी पाण्डेज्यूले कोषले स्थानीय तहलाई पूर्बाधारको क्षेत्रमा लगानीका लागि वित्तीय स्रोत व्वस्थापन गर्न खेलको भूमिका ज्यादै महत्वपूर्ण रहेको बताउँदै सरकारले कोषको पूँजी बृद्धि गर्न ढिलाई गर्न नुहनेमा जोड दिनु भयो ।

कोषका कार्यकारी निर्देशकज्यूबाट कोषले शहरी पूर्वाधार विकासमा कोषले खेलको भूमिकाका बारेमा जानकारी गराउँदै कोषलाई नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र वित्तीय संस्थाहरुको समेत शेयर स्वामित्व रहने गरी दिगो वित्तीय मध्यस्तकर्ताको रुपमा स्थापित गर्ने भावि योजनालाई मूर्तरुप दिन कोषको प्रतिबद्धता जाहेर गर्नुभयो ।

वार्षिकोत्वस समारोहमा पाल्नु भएका प्रमुख अतिथिज्यू, विशिष्ठ अतिथिज्यूहरु, अतिथिज्यूहरु, दातृ निकायका प्रमुख एव प्रतिनिधीज्यूहरु सम्बद्ध मन्त्रालयका पदाधिकारीज्यूहरु एवं सम्पूर्ण उपस्थित महानुभावहरुमा नगर विकास कोष हार्दिक आभार व्यक्त गर्दछौं ।

समारोहका आदरणीय वक्ताहरुबाट प्राप्त सुझाव तथा सल्लाहरुलाई कोषको उद्देश्य प्राप्तिमा मार्गदर्शनका रुपमा ग्रहण गर्नेछौं ।

वार्षिकोत्वस समारोहमा कोषका उत्कृष्ट र प्रशंसनीय कर्मचारीको रुपमा पुरस्कार सहित कदरपत्रबाट सम्मानित हुनहुने कर्मचारी श्री सोम बहादुर घिमिरेज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।

लमही सह-लगानी खानेपानी सरसफाई आयोजनाका लागि कोष र उपभोक्ता संस्था बीच रू. ८ करोड ८३ लाख ७८ हजारको ऋण सम्झौता सम्पन्न !!!

लमही सह-लगानी खानेपानी सरसफाई आयोजनाका लागि मिति २०८२।१०।२७ मा कोषका कार्यकारी निर्देशक श्री इ.विनोद प्रकाश पण्डितज्यू र लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष श्री सनम कुमार पौडेलज्यू बीच रू. ८ करोड ८३ लाख ७८ हजारको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौता कार्यक्रममा लमही नगरपालिकाको तर्फबाट नगर कार्यपालिका सदस्य श्री चन्द्रा चौधरीज्पयूले जमानतकर्ताको रुपमा हस्ताक्षर गर्नुभएको थियाे । कार्यक्रममा उपभोक्ता संस्थाका सचिव श्री बसन्त आचार्य, कोषाध्यक्ष, श्री श्याम लाल भण्डारी र कार्यालय प्रमुख श्री भगवती चौधरीको समेत उपस्थिती रहेको थियो ।

सन् २०१५ मा दोस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत निर्माण सम्पन्न भै निरन्तर संचालनमा आएको लमही खानेपानी सरसफाई आयोजनाको सेवा विस्तार, स्तरोन्नती तथा स्रोत बृद्धि गरी उपभोक्ताहरुलाई गुणस्तरीय तथा सहज ढंगबाट खानेपानी उपलब्ध गराउन यस आयोजनाको कार्यान्वयन गरिएको छ ।

लमही सहलगानी खानेपानी तथा सरसफाई आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनौट भएको बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अंक रू. ३५ करोड ३५ लाख १५ हजारको २५ प्रतिशतले हुने रकम कोषको तर्फबाट ऋण, नेपाल सरकारबाट ७० प्रतिशत अनुदान र ५ प्रतिशत रकम लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाबाट व्यहोरिनेछ ।

सम्झौता कार्यक्रममा उपभोक्ता संस्थाका अध्यक्षज्यूले आयोजनाको स्त्तरोन्न्ती र सेवा प्रवाह विस्तारका लागि नगर विकास कोषको ऋण सहयोग महत्वपूर्ण रहेको बताउँदै आयोजनालाई दिगोरुपमा संचालन र व्यवस्थापन गराउनेमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगर विकास कोषका कार्यकारी निर्देशकज्यूले आयोजनालाई दिगोरुपमा संचालन र व्यवस्थापन गर्न आयोजनाको नियमित रुपमा मर्मत सम्भारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिंदै उपभोक्ता संस्थाको संस्थागत विकासमा नगर विकास कोषको सहयोग रहने बताउँदै आयोजनाको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्नुभयो ।

कोष र देवदह नगरपालिका बीच Roads, Drainage, Footpaths and Road Furniture सहआयोजनाका लागि ऋण लगानी सम्झौता सम्पन्न ।

कोष र देवदह नगरपालिका बीच Roads, Drainage, Footpaths and Road Furniture सहआयोजनाका लागि ऋण लगानी सम्झौता सम्पन्न ।

शहरी उत्थानशीलता तथा जीवनयापन सुधार आयोजना (Urban Resilience and Livability Improvement Project, URLIP) अन्तर्गत देवदह नगरपालिकाले छनौट गरि सञ्चालन गरेको Roads, Drainage, Footpaths and Road Furniture सहआयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा नगर विकास कोष र देवदह नगरपालिका बीच उप सहायक ऋण लगानी सम्झौता सम्पन्न भएको छ । यस सहआयोजनाको ठेक्का कबोल अंक रू. १ अर्व ६ करोड ५२ लाख ६८ हजार मात्रको १८ प्रतिशतले हुन आउने रकम रू. १९ करोड १७ लाख ४८ हजार कोषबाट ऋण लगानीका लागि नगर विकास कोषका कार्यकारी निर्देशक श्री विनोद प्रकाश पण्डितज्यू र देवदह नगरपालिकाका प्रमुख श्री ध्रुव प्रसाद खरेलज्यू बीच मिति २०८२ माघ १९ गते ऋण सम्झौता सम्पन्न भएको छ । यस सहआयोजनाको ठेक्का कबोल अंकको ७५ प्रतिशत्‌ले हुन आउने रकम नेपाल सरकारले नगरपालिकालाई अनुदानका रुपमा उपलब्ध गराउनेछ भने ७ प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने प्रावधान रहेको छ ।

शहरी उत्थानशीलता तथा जीवनयापन सुधार आयोजना (Urban Resilience and Livability Improvement Project, URLIP) एशियाली विकास बैंकको सहयोगमा शहरी विकास तथा भवन निर्माण विभागसँगको सहकार्यमा सहभागी पालिका (पोखरा महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, देवदह, सैनामैना, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर तथा तिलोत्तमा नगरपालिका) को पूर्वाधार विकास तथा शासन व्यवस्थामा सुधार गरी समावेशी आर्थिक वृद्धि र जीवनयापनमा सुधार ल्याउने उद्देश्यले संचालनमा रहेको छ ।

कोष र तिलोत्तमा नगरपालिका बीच Roads, Drainage, Footpaths and Road Furniture सहआयोजनाका लागि ऋण लगानी सम्झौता सम्पन्न ।

कोष र तिलोत्तमा नगरपालिका बीच Roads, Drainage, Footpaths and Road Furniture सहआयोजनाका लागि ऋण लगानी सम्झौता सम्पन्न ।

शहरी उत्थानशीलता तथा जीवनयापन सुधार आयोजना (Urban Resilience and Livability Improvement Project, URLIP) अन्तर्गत तिलोत्तमा नगरपालिकाले छनौट गरि सञ्चालन गरेको Roads, Drainage, Footpaths and Road Furniture सहआयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा नगर विकास कोष र तिलोत्तमा नगरपालिका बीच उप सहायक ऋण लगानी सम्झौता सम्पन्न भएको छ । यस सहआयोजनाको ठेक्का कबोल अंक रू. ८१ करोड ४४ लाख ६७ हजारको १८ प्रतिशतले हुन आउने रकम रू. १४ करोड ६६ लाख ४ हजार कोषबाट ऋण लगानीका लागि नगर विकास कोषका कार्यकारी निर्देशक श्री विनोद प्रकाश पण्डितज्यू र तिलोत्तमा नगरपालिकाका प्रमुख श्री रामकृष्ण खाण बीच मिति २०८२ माघ २० गते ऋण सम्झौता सम्पन्न भएको छ । यस सहआयोजनाको ठेक्का कबोल अंकको ७५ प्रतिशत्‌ले हुन आउने रकम नेपाल सरकारले नगरपालिकालाई अनुदानका रुपमा उपलब्ध गराउनेछ भने ७ प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने प्रावधान रहेको छ ।

शहरी उत्थानशीलता तथा जीवनयापन सुधार आयोजना (Urban Resilience and Livability Improvement Project, URLIP) एशियाली विकास बैंकको सहयोगमा शहरी विकास तथा भवन निर्माण विभागसँगको सहकार्यमा सहभागी पालिका (पोखरा महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, देवदह, सैनामैना, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर तथा तिलोत्तमा नगरपालिका) को पूर्वाधार विकास तथा शासन व्यवस्थामा सुधार गरी समावेशी आर्थिक वृद्धि र जीवनयापनमा सुधार ल्याउने उद्देश्यले संचालनमा रहेको छ ।

नगर विकास कोष ऐन, २०५३ को दफा १४ को (२) (ङ१) वमोजिम कोष सञ्चालक समिति सदस्यमा नियुक्त हुनु भएका डा. सर्मिला थापाज्यूलाई हार्दिक स्वागत I

नगर विकास कोष सञ्चालक समितिको मिति २०८२।१०।१५ को २३१ औं बैठकमा कोषका अध्यक्ष एवम् शहरी विकास मन्त्रालयका सचिव श्री गोपाल प्रसाद सिग्देलज्यूबाट नगर विकास कोष ऐन, २०५३ को दफा १४ को (२) (ङ१) वमोजिम कोष सञ्चालक समिति सदस्यमा नियुक्त हुनु भएका डा. सर्मिला थापाज्यूलाई हार्दिक स्वागत तथा नगर विकास कोष नियमावली, २०५४ को नियम १९ वमोजिम सपथ ग्रहण गराउनु भयाे ।

साथै नगर विकास कोष ऐन, २०५३ को दफा १४ (२) (घ) वमोजिम नगरपालिका प्रमुख वा उपप्रमुखहरु मध्येबाट प्रत्येक प्रदेशबाट प्रतिनिधित्व हुने गरी नेपाल सरकारले मनोनयन गरेका कम्तीमा तीन जना महिला सहित सात जना सञ्चालक सदस्य रहने व्यवस्था बमोजिम संचालक समिति सदस्यमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्नु भएका रंगेली नगरपालिकाका निवर्तमान नगर प्रमुख श्री दिलीप कुमार अग्रवालज्यूले कोषको सञ्चालक सदस्यमा रही कोषमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै धन्यवाद सहित विदाई गरियो ।

Subscribe to