Skip to main content

स्थानीय तहका क्षतिग्रस्त प्रशासकीय भवन मर्मत / पुनर्निर्माणका लागि नगर विकास कोषको विशेष कार्यक्रम “स्थानीय तह प्रशासकीय भवन मर्मत /पुनर्निर्माण कार्यक्रम” अन्तर्गत विभिन्न चार स्थानीय तह वरहथवा नगरपालिका, ईनरुवा नगरपालिका, नेपालगंज उपमहानगरपालिका तथा तुलसीपुर उपमहानगरपालिकाससँग लगानी सम्झौता सम्पन्न ।

“स्थानीय तह प्रशासकीय भवन मर्मत /पुनर्निर्माण कार्यक्रम” स्थानीय तहहरूको क्षतिग्रस्त प्रशासकीय भवनको मर्मतका लागि नगरपालिकाबाट प्रस्तावित आयोजनाको मूल्याकंनका आधारमा प्रति नगरपालिका रू. ३ करोड सम्म लागतका आयोजनामा नगर विकास कोषबाट ३० प्रतिशत अनुदान, ५० प्रतिशत सहुलियत ऋण र २० प्रतिशत नगरपालिकाको लागत सहभागिता हुने गरी कार्यक्रम संचालन गरिएको छ ।

यस कार्यक्रम अन्तर्गत हालसम्म वरहथवा नगरपालिका ईनरुवा नगरपालिका नेपालगंज उपमहानगरपालिका तथा तुलसीपुर उपमहानगरपालिकाससँग लगानी सम्झौता सम्पन्न भैसकेको छ।

यस कार्यक्रमबाट मुख्य रुपमा जनतालाई प्रत्यक्षरुपमा सेवा प्रवाह गर्ने स्थानीय तहहरूका क्षतिग्रस्त प्रशासकीय भवनहरूको मर्मत / पुनर्निर्माणमा कोषबाट वित्तीय सहयोग भई जनतालाई छिटो भन्दा छिटो सहज सेवा प्रवाहको अनुभूति हुने विश्वास गरिएको छ ।