Skip to main content

नगर विकास कोषले नगरहरुमा एकीकृत जग्गा विकास आयोजना मार्फत व्यवस्थित शहरीकरणमा सघाउ पुर्याउने उद्देश्य अनुरुप व्यास नगरपालिकाको वार्ड नं. १० स्थित पूर्वमा व्यास मार्क ५० मि. भित्र पश्चिममा मादी नदीले कटान गरी बनको डील, उत्तरमा बोटेनी खोल्सी र दक्षिणमा व्यासमार्गको प्रतिक्षालय चोक देखि बोटे संग्रालय जाने बाटोको चार किल्ला भित्र पर्ने व्यास नगरपालिकामा संचालन हुन “बैरेनी जग्गा एकिकरण आयोजना (Bairani Land Pooling Project)” का लागि व्यास नगरपालिका र कोष बीच मिति २०७९ मंसिर १४ गते रु. ९ करोडको ऋण सम्झौता व्यास नगरपालिकाको कार्यालयमा सम्पन्न गरिएको छ ।

कुल २६०.८४ रोपनी क्षेत्रफल ओगटेको यस आयोजनाको कूल क्षेत्रफल मध्ये करीब ३२.६३ प्रतिशत जग्गा पूर्वाधार विकासका लागि जग्गा धनीहरुको योगदान रहनेछ भने सो मध्ये करीब ४.६२ प्रतिशत जग्गा जग्गा विकास आयोजनाले बिक्रिको लागि छुट्याईएको छ ।

यस “बैरेनी जग्गा एकिकरण आयोजना (Bairani Land Pooling Project)” संचालनका लागि कोषका कार्यकारी निर्देशक श्री कृष्णप्रसाद सापकोटाज्यू र व्यास नगरपालिकाका नगर प्रमुख श्री बैकुण्ठ न्यौपानज्युले ऋण सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । सम्झौता कार्यक्रममा व्यास नगरपालिका अन्य पदाधिकारीहरु तथा कोषका पदाधिकारीहरुको समेत उपस्थिति थियो ।
आयोजनाको कुल अनुमानित लागत रू. १३ करोड ७२ हजारको ७० प्रतिशत रकम कोषको तर्फबाट ऋण स्वरुप र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिनेछ ।

गण्डकी प्रदेशको नगरपालिकाहरुमा पर्यटन, सम्पदा, कला र संस्कृतीको धनी एवं शिक्षा, स्थास्थ्य, कृषिका क्षेत्रहरुमा प्रचुर सम्भावना रहेको व्यास नगरपालिकामा यस आयोजनाले व्यवस्थित र सुन्दर वस्ती विकास गर्नमा महत्वपूर्ण योगदान रहनेछ । यस आयोजनाबाट त्यस क्षेत्रका जग्गा धनीहरुले समानरुपमा शहरी सुविधा प्राप्त गरी जीवनस्तरमा समेत बृद्धि गराउन सहयोग पुर्याई आर्थिक वृद्धिमा समेत टेवा पुग्नेछ ।

happy new year