Skip to main content

सहलगानी तथा साझेदारी नीति अवधारणामा नेपाल सरकार, नगर विकास कोष तथा उपभोक्ताको संयुक्त सह लगानीमा निर्माण हुने खैरेनीटार सहलगानी खानेपानी तथा सरसफाई आयोजना निर्माणका लागि आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनौट भएको बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अंक (खानेपानी आपूर्ति तर्फ) को लागत रु. १७ करोड ३७ लाख २५ हजारको २५% ले हुने रकम रु. ४ करोड ३४ लाख ३१ हजार कोषबाट ऋण लगानीका लागि नगर विकास कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यू र खैरेनीटार सहलगानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष श्री रामचन्द्र उपाध्यायज्यू बीच मिति २०७९ मंशीर १५ गते ऋण सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतामा शुक्लागण्डकी नगरपालिका नगर प्रमुख श्री कृष्ण राज पण्डितज्यूले जमानतकर्ताको रुपमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौता कार्यक्रममा खैरेनीटार सहलगानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अन्य पदाधिकारीहरु, शुक्लागण्डकी नगरपालिकाका पदाधिकारी तथा कोषका पदाधिकारीहरुको समेत उपस्थिति थियो ।

शुक्लागण्डकी नगरपालिका वडा नं. ६ र ७ सेवा क्षेत्र रहेको उक्त आयोजनाको लागि कूल लागतको नेपाल सरकारबाट ७० प्रतिशत अनुदान, नगर विकास कोषबाट २५ प्रतिशत ऋण लगानी र ५ प्रतिशत रकम उपभोक्ता संस्थाबाट व्यहोरिने छ । उक्त आयोजना निर्माण पश्चात सन् २०२३ मा ३०६१ घरधुरी (१५२०० जनसंख्या) लाई सम्पवेल मार्फत २४ सै घण्टा खानेपानी सेवा पुयाउने लक्ष्य रहेको छ ।

happy new year