Skip to main content

सहलगानी तथा साझेदारी नीति अवधारणामा नेपाल सरकार, नगर विकास कोष तथा उपभोक्ताको संयुक्त सह लगानीमा निर्माण हुने घोराही सहलगानी खानेपानी तथा सरसफाई आयोजना निर्माणका लागि आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनौट भएको बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अंक (खानेपानी आपूर्तितर्फ) को लागत रु. ४९ करोड ८५ लाख ४९ हजारको २५% ले हुने रकम रु. १२ करोड ४६ लाख ३७ हजार कोषबाट ऋण लगानीका लागि नगर विकास कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटा र घोराही सहलगानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष श्री देवि बहादुर डि.सी बीच मिति २०७९ मंशीर १९ गते ऋण सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौतामा घोराही उपमहानगरपालिका नगर प्रमुख श्री नरुलाल चौधरीज्यूले जमानतकर्ताको रुपमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौता कार्यक्रममा घोराही सहलगानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अन्य पदाधिकारीहरु, घोराही उपमहानगरपालिका पदाधिकारी तथा कोषका पदाधिकारीहरुको समेत उपस्थिति थियो ।
घोराही उपमहानगरपालिका वडा नं. १४, १५, १७ र १८ सेवा क्षेत्र रहेको उक्त आयोजनाको लागि कूल लागतको नेपाल सरकारबाट ७० प्रतिशत अनुदान, नगर विकास कोषबाट २५ प्रतिशत ऋण लगानी र ५ प्रतिशत रकम उपभोक्ता संस्थाबाट व्यहोरिने छ । उक्त आयोजना निर्माण पश्चात सन् २०२४ मा १३०४७ घरधुरीलाई सम्पवेल र डिप बोरिङ मार्फत २४ सै घण्टा खानेपानी सेवा पुर्याउने लक्ष्य रहेको छ ।

happy new year