Skip to main content

मिति २०७९ पौष ६ गते शहरी विकास मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष श्री सुरेश आचार्यज्यूबाट नगर विकास कोषको भ्रमण सहित कोषका विविध विषयहरुमा जानकारी लिने कार्यक्रम सम्पन्न भयो ।
कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यूबाट श्रीमान् सचिवज्यू एवम् अध्यक्षज्यूलाई स्वागतका साथ कोषले शहरी पूर्वाधार विकासको क्षेत्रमा हालसम्म गरेको योगदान, हालका कार्यक्रमहरु र आगामी कार्यदिशाका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभयो ।
कार्यक्रममा शहरी विकास मन्त्रालयका सह सचिवज्यू श्री प्रदीप परियारज्यू एवम् कोषका पदाधिकारीहरुको समेत उपस्थिति थियो ।
कार्यक्रममा सचिव एवं अध्यक्षज्यूबाट आधुनिक प्रविधिसंगै दिगो शहरी पूर्वाधार विकास आजको आवश्यकता भएकोले शहरी पूर्वाधार विकासमा कोष मुलुकको एक अग्रणी संस्थाकोरुपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । श्रीमान् सचिवज्यूले कोष GCF (Green Climate Fund) परिचालनका लागि Accreditation को प्रक्रियामा रहेकोले GCF को ठूलो Fund प्राप्त गर्नका लागि आवश्यक प्रक्रियाका लागि तदारुक्ता सहित अत्यन्त Professional संस्थाकोरुपमा कार्य गर्न निर्देशन दिनु भयो ।
कोष व्यावसायिक संस्थाकोरुपमा अगाडि बढ्न पूँजी संरचना बृद्धि गर्न आवश्यक रहेको बताउँदै कोषको कार्यक्षेत्र विस्तृतीकरण एवं पुँजी पुनःसंरचना बृद्धिका लागि मन्त्रालयकोतर्फबाट महत्वपूर्ण पहल हुने जानकारी गराउनुभयो ।

happy new year