Skip to main content

मिति २०७९ माघ १५ गते माननीय शहरी विकास मन्त्री विक्रम पाण्डेज्यू तथा शहरी विकास मन्त्रालयका सचिवज्यू एवंम कोषका सञ्चालक समिति अध्यक्ष सुरेश आचार्यज्यू, मन्त्रालयका सह-सचिवज्यू लगायतका पदाधिकारीज्यूबाट नगर विकास कोषको भ्रमण सहित कोषका विविध विषयहरुमा जानकारी लिने कार्यक्रम सम्पन्न भयो । कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यूबाट माननीय मन्त्रीज्यू, सचिवज्यू, मन्त्रालयका सह-सचिवज्यू लगायतका पदाधिकारीज्यूहरुलाई स्वागतका साथ कोषको कार्यक्रमहरू र आगामी कार्यदिशाका सम्बन्धमा जानकारी गराउनुभयो ।

कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यज्यूबाट वित्तिय मध्यस्तकर्ताको रुपमा शहरी पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ स्थापना भएको कोषको लगानी विनियमावली, ऋण असुली विनियमावली लगायतका निर्देशिकाहरूमा समय सापेक्ष संसोधन तथा परिमार्जन गरी लगानी विस्तार एवंम कोषको पुर्नसंरचना गरी अगाडी बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा माननीय मन्त्रीज्यूबाट कोषका कार्यक्रमहरुको विषयमा अन्तरक्रियात्मक रुपमा छलफलका साथ कोषले गर्ने लगानीलाई विस्तार गर्ने कोष पुर्नसंरचना सम्बन्धी रणनीतिक पत्र स्वीकृति एवंम कार्यान्वयन र हरित जलवायु कोषको मानक संस्थाको रुपमा विकास गर्दै सहरी पूर्वाधार क्षेत्रमा लगानी बढाउन मन्त्रालयको तर्फबाट महत्वपूर्ण पहल तथा सहयोग रहने जानकारी गराउनुभयो ।

happy new year