Skip to main content

European Union (EU) को प्रविधिक सहयोगमा संचालित नगरपालिका वित्त तथा क्षमता विकास कार्यक्रम अन्तर्गत नगर विकास कोषको आयोजनामा कोशी प्रदेशका ४९ वटा नगरपालिकाहरुका नगर प्रमुख तथा योजना प्रमुखहरुको सहभागितामा कोशी प्रदेश अन्तर्गतको ईटहरी उपमहानगरपालिकामा कोषको व्यवसायिक योजना, कार्य सञ्चालन प्रकृया, आयोजना विकास तथा मूल्याङ्कनका साथै नगरपालिकाहरुको सम्भावित पूर्वाधार कार्यक्रमहरुका सम्बन्धमा समेत विस्तृतरुपमा अन्तरक्रिया सहित १ दिने कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ ।

यस गोष्ठीबाट कोशी प्रदेशका नगरपालिकाहरुसंग शहरी पूर्वाधारका आयोजनाहरुमा सहकार्य सहित अपेक्षितरुपमा लगानी बृद्धि हुने र व्यवस्थित शहरीकरणमा सहयोग हुने अपेक्षा गरिएको छ ।

happy new year