Skip to main content

मिति २०७९ चैत्र २२ गते माननीय शहरी विकास मन्त्री सीता गुरुङ्गज्यू तथा शहरी विकास मन्त्रालयका सचिवज्यू एवं कोषका सञ्चालक समिति अध्यक्ष सुरेश आचार्यज्यू, मन्त्रालयका सह सचिवज्यू लगायतका पदाधिकारीज्यूबाट नगर विकास कोषको भ्रमण सहित कोषका विविध विषयहरुमा जानकारी लिने कार्यक्रम सम्पन्न भयो ।

कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यूबाट माननीय मन्त्रीज्यू, सचिवज्यू, मन्त्रालयका सह सचिवज्यू लगायतका पदाधिकारीज्यूहरुलाई स्वागतका साथ कोषको कार्यक्रमहरू र आगामी कार्यदिशाका सम्बन्धमा जानकारी गराउनुभयो ।

कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष श्री सुरेश आचार्यज्यूबाट शहरी पूर्वाधार क्षेत्रमा कोषको लगानीलाई विस्तार गर्ने उद्देश्यले कोषको हालै निर्माण भएका लगानी विनियमावली, २०७९ र ऋण असुली विनियमावली, २०७९ महत्वपूर्ण दस्तावेज सावित हुने विचार व्यक्त गर्दै नगर विकास कोषलाई पुनर्संचना गरी पूर्वाधार विकासमा वैकल्पिक पूँजी परिचालन गर्ने सक्षम संस्थाकोरुपमा विकास गर्ने कार्यमा मन्त्रालयको पहल कदमी हुने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा माननीय मन्त्रीज्यूबाट कोषका कार्यक्रमहरुको विषयमा अन्तरक्रियात्मक रुपमा छलफलका साथ कोषले गर्ने लगानीलाई आधुनिक शहरी पूर्वाधार सहितका Smart City, Land Pooling मा समेत विस्तार गर्नु पर्ने तथा साना नगरपालिकाहरुमा पनि कोषको उपस्थिति हुनुपर्ने विचार व्यक्त गर्दै कोषको कार्यक्षेत्र विस्तृतीकरण एवं पुँजी पुनःसंरचना रणनैतिक पत्र स्वीकृति एवं कार्यान्वयनका लागि मन्त्रालयको तर्फबाट महत्वपूर्ण पहल तथा सहयोग रहने जानकारी गराउनुभयो ।

happy new year