European Union को प्राविधिक सहयोगमा संचालित नगरपालिका वित्त तथा क्षमता विकास (MFCB_) कार्यक्रम अन्तर्गत नगर विकास कोषको आयोजनामा कर्णाली प्रदेशका २५ वटा नगरपालिकाहरुका नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत तथा ईन्जिनियरहरुको सहभागितामा कर्णाली प्रदेश अन्तर्गतको विरेन्द्रनगर नगरपालिकामा कोषको उद्देश्य, व्यावसायिक योजना, कार्य सञ्चालन प्रकृया, आयोजना विकास तथा मूल्याङ्कन प्रक्रिया, लगानी तथा असुली विनियमावली, कोषको भावि योजना, लगानीका विभीन्न वित्तिय उपकरणहरु, नगरपालिकाहरुको सम्भावित पूर्वाधार कार्यक्रमहरु लगायतका विषयमा मा विस्तृतरुपमा अन्तरक्रिया सहित १ दिने कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ ।
यस गोष्ठीबाट कोष र कर्णाली प्रदेशका नगरपालिकाहरु बीच शहरी पूर्वाधारका आयोजनाहरुमा सहकार्य बृद्धि भई अपेक्षितरुपमा लगानी बृद्धि हुने र व्यवस्थित शहरीकरणमा सहयोग हुने अपेक्षा गरिएको छ ।