इटहरी उप‑महानगरपालिका व्यवस्थित वसपार्क निर्माणका लागि मिति २०७९ माघ १९ गते इटहरी उप‑महानगरपालिका, सुनसरी र नगर विकास कोषबीच ऋण सम्झौतासम्पन्न भएको छ ।
नगर विकास कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटा र इटहरी उप‑महानगरपालिका नगर कार्यपालिका प्रमुख श्री हेम कर्ण पौडेल बीच रू. ११,३५,५२,६००।- (अक्षरेपी एघार करोड पैतीस लाख बाउन्न हजार छ सय मात्र) को ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न गरिएको छ । इटहरी बसपार्क आयोजना निर्माणको कुल अनुमानित लागत रकम रु. १६,२२,१८,०००।- (अक्षरेपी सोह्र करोड बाइस लाख अठार हजार मात्र)को ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिनेछ ।
Featured Image