Skip to main content

मिति २०८० जेष्ठ ४ गते शहरी विकास मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष श्री रविन्द्रनाथ श्रेष्ठज्यूबाट नगर विकास कोषको भ्रमण सहित कोषका विविध विषयहरुमा जानकारी लिने कार्यक्रम सम्पन्न भयो । कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यूबाट श्रीमान् सचिवज्यू एवम् अध्यक्षज्यूलाई स्वागतका साथ कोषले शहरी पूर्वाधार विकासको क्षेत्रमा हालसम्म गरेको योगदान, हालका कार्यक्रमहरु र आगामी कार्यदिशाका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभयो ।

कार्यक्रममा शहरी विकास मन्त्रालयका सह सचिवज्यू एवम् कोषका पदाधिकारीहरुको समेत उपस्थिति थियो ।कार्यक्रममा सचिव एवं अध्यक्षज्यूबाट शहरी पूर्वाधार विकासमा कोषको योगदान एवं पूर्वाधार विकासमा ऋण लगानीको अवधारणाको प्रशंसा गर्नुभयो । श्रीमान् सचिवज्यूबाट कोषले लगानीका कार्यविधी अनुसार पूर्वाधारमा लगानी गर्दै आएकोमा कोषको कार्यको सह्रहाना समेत गर्दै लगानीको कार्यविधीलाई अझै मजबुत बनाउनु पर्नेमा जोड दिनुभयो । कोष व्यावसायिक संस्थाकोरुपमा अगाडि बढ्न पूँजी संरचना बृद्धि गर्न आवश्यक रहेको बताउँदै कोषको कार्यक्षेत्र विस्तृतीकरण एवं पुँजी पुनःसंरचना बृद्धिका लागि मन्त्रालयकोतर्फबाट महत्वपूर्ण पहल हुने जानकारी गराउनुभयो ।

happy new year