Skip to main content

प्रथम साना शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत निर्माण सम्पन्न भएको बुधबारे खानेपानी तथा सरसफाई आयोजनाको स्रोत बृद्धि गरी उपभोक्ताहरुलाई सहज ढंगबाट खानेपानी उपलब्ध गराउने तथा कोषको ऋण असुली प्रक्रियामा समेत सहजता प्रदान गर्ने उद्देश्यले शहरी खानेपानी तथा सरसफाई आयोजनाको स्तरोन्नती कार्यक्रम मार्फत लगानी गर्ने गरी कोष र बुधबारे खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, झापा बीच ऋण सम्झौता गरिएको छ ।

बुधबारे खानेपानी तथा सरसफाई आयोजनाको स्तरोन्नतीका लागि मिति २०८१।५।१२ मा कोषका कार्यकारी निर्देशक श्री राजेश कुमार भोछिभोया र बुधबारे खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष श्री ध्रुव कुमार ओलीज्यू बीच रू. ७७,६१,५००।-(अक्षरेपी सत्तहत्तर लाख एकसट्ठी हजार पाँच सय मात्र) को ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भयो ।

सम्झौता कार्यक्रममा बुधबारे खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, खानेपानी परिषदका सदस्य कमल प्रसाद पोख्रेल समेतको उपस्थिति रहेको

थियो ।

आयोजनाको निर्माण, संचालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनौट भएको बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अंक (खानेपानी आपूर्ति तर्फ रू. ३,१०,४६,०००। (अक्षरेपी तीन करोड दश लाख छ्यासी हजार मात्र) को २५ प्रतिशत रकम कोषको तर्फबाट ऋण, नेपाल सरकारबाट ७० प्रतिशत अनुदान र ५ प्रतिशत रकम बुधबारे खानेपानी उपभोक्ता तथा सरसफाई उपभोक्ता संस्थाबाट व्यहोरिनेछ ।

सम्झौता कार्यक्रममा उपभोक्ता संस्थाका अध्यक्षज्यूले आयोजनाको स्त्तरोन्न्ती र सेवा प्रवाह विस्तारका लागि नगर विकास कोषको ऋण सहयोग महत्वपूर्ण रहेको बताउँदै आयोजनालाई दिगोरुपमा संचालन र व्यवस्थापन सहित आयोजनालाई समयमा सम्पन्न गराउनेमा कुरामा प्रतिबद्धता व्यक्त गर्नुभयो । वहाँले जनताको आधारभूत आवश्यकतासँग जोडिएको यस आयोजनालाई सफलरुपमा संचालन र व्यवस्थापन गर्न उपभोक्ता संस्थाका पदाधिकारीहरुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

नगर विकास कोषका कार्यकारी निर्देशकज्यूले खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट आयोजनाको निर्माण चरणमा आयोजनाको निरिक्षण र अनुगमनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनु भयो । कार्यकारी निर्देशकज्यूले उपभोक्ता संस्थाको संस्थागत विकासमा नगर विकास कोषको सहयोग रहने बताउँदै आयोजनाको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्नुभयो ।