Skip to main content

तेस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत निर्माण सम्पन्न भएको बिदुर खानेपानी तथा सरसफाई आयोजनाको स्रोत बृद्धि गरी उपभोक्ताहरुलाई सहज ढंगबाट खानेपानी उपलब्ध गराउने तथा कोषको ऋण असुली प्रक्रियामा समेत सहजता प्रदान गर्ने उद्देश्यले शहरी खानेपानी तथा सरसफाई आयोजनाको स्तरोन्नती कार्यक्रम मार्फत लगानी गर्ने गरी कोष र बिदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, नुवाकोट बीच ऋण सम्झौता गरिएको छ ।

बिदुर खानेपानी तथा सरसफाई आयोजनाको स्तारोन्नतीका लागि मिति २०८१।५।७ मा कोषका कार्यकारी निर्देशक श्री राजेश कुमार भोछिभोया र बिदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष श्री संजीव बहादुर श्रेष्ठज्यू बीच रू. . २,५८,२५,०००।-(अक्षरेपी दुई करोड अन्ठाउन्न लाख पच्चिस हजार मात्र) को ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भयो ।

सम्झौता कार्यक्रममा बिदुर नगरपालिका, नगरकार्यपालिको तर्फबाट पालिकाको तर्फबाट कार्यपालिका सदस्य श्री दिपक कायस्थज्यूले जमानतकर्ताको रुपमा हस्ताक्षर गर्नु भएको थियो । सम्झौता कार्यक्रममा मा बिदुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका उपाध्यक्ष श्री नवराज न्यौपाने, कोषाध्यक्ष अम्बीका खनाल(चित्रकार) र सदस्य कृष्ण प्रसाद भट्टज्यूको समेत उपस्थिति रहेको थियो ।

शहरी खानेपानी तथा सरसफार्ई (क्षेत्र) आयोजना, आयोजना व्यबस्थापन कार्यालय, पानीपोखरीका तर्फबाट आयोजना उप-निर्देशक श्री रमेश प्रसाद मण्डलको रोहवरमा सम्झौता कार्यक्रम सम्पन्न भएको थियो ।

आयोजनाको निर्माण, संचालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनौट भएको बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अंक (खानेपानी आपूर्ति तर्फ रु. १०,३३,००,०००। (अक्षरेपी सश करोड तेत्तिस लाख मात्र) को २५ प्रतिशत रकम कोषको तर्फबाट ऋण, नेपाल सरकारबाट ७० प्रतिशत अनुदान र ५ प्रतिशत रकम बिदुर खानेपानी उपभोक्ता तथा सरसफाई उपभोक्ता संस्थाबाट व्यहोरिनेछ ।

सम्झौता कार्यक्रममा उपभोक्ता संस्थाका अध्यक्षज्यूले आयोजनाको स्त्तरोन्न्ती र सेवा प्रवाह विस्तारका लागि नगर विकास कोषको ऋण सहयोग महत्वपूर्ण रहेको बताउँदै आयोजनालाई दिगोरुपमा संचालन र व्यवस्थापन सहित आयोजनालाई समयमा सम्पन्न गराउनेमा कुरामा प्रतिबद्धता व्यक्त गर्नुभयो । वहाँले जनताको आधारभूत आवश्यकतासँग जोडिएको यस आयोजनालाई सफलरुपमा संचालन र व्यवस्थापन गर्न उपभोक्ता संस्थाका पदाधिकारीहरुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

नगर विकास कोषका कार्यकारी निर्देशकज्यूले खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आयोजनाको निर्माण चरणमा आयोजना व्यबस्थापन कार्यालयका प्राविधिक विज्ञहरुबाट आयोजनाको प्रविाधिक पक्षको निरिक्षण र अनुगमनमा विशेष सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । कार्यकारी निर्देशकज्यूले उपभोक्ता संस्थाको संस्थागत विकासमा नगर विकास कोषको सहयोग रहने बताउँदै आयोजनाको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्नुभयो ।