कोष र देवदह नगरपालिका बीच Roads, Drainage, Footpaths and Road Furniture सहआयोजनाका लागि ऋण लगानी सम्झौता सम्पन्न ।
शहरी उत्थानशीलता तथा जीवनयापन सुधार आयोजना (Urban Resilience and Livability Improvement Project, URLIP) अन्तर्गत देवदह नगरपालिकाले छनौट गरि सञ्चालन गरेको Roads, Drainage, Footpaths and Road Furniture सहआयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा नगर विकास कोष र देवदह नगरपालिका बीच उप सहायक ऋण लगानी सम्झौता सम्पन्न भएको छ । यस सहआयोजनाको ठेक्का कबोल अंक रू. १ अर्व ६ करोड ५२ लाख ६८ हजार मात्रको १८ प्रतिशतले हुन आउने रकम रू. १९ करोड १७ लाख ४८ हजार कोषबाट ऋण लगानीका लागि नगर विकास कोषका कार्यकारी निर्देशक श्री विनोद प्रकाश पण्डितज्यू र देवदह नगरपालिकाका प्रमुख श्री ध्रुव प्रसाद खरेलज्यू बीच मिति २०८२ माघ १९ गते ऋण सम्झौता सम्पन्न भएको छ । यस सहआयोजनाको ठेक्का कबोल अंकको ७५ प्रतिशत्ले हुन आउने रकम नेपाल सरकारले नगरपालिकालाई अनुदानका रुपमा उपलब्ध गराउनेछ भने ७ प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने प्रावधान रहेको छ ।
शहरी उत्थानशीलता तथा जीवनयापन सुधार आयोजना (Urban Resilience and Livability Improvement Project, URLIP) एशियाली विकास बैंकको सहयोगमा शहरी विकास तथा भवन निर्माण विभागसँगको सहकार्यमा सहभागी पालिका (पोखरा महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, देवदह, सैनामैना, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर तथा तिलोत्तमा नगरपालिका) को पूर्वाधार विकास तथा शासन व्यवस्थामा सुधार गरी समावेशी आर्थिक वृद्धि र जीवनयापनमा सुधार ल्याउने उद्देश्यले संचालनमा रहेको छ ।