कोषको ३८ औं वार्षिक उत्सव समारोह माननीय शहरी विकास मन्त्री श्री प्रा.डा. कुमार इङ्नाम सिंहज्यूको प्रमुख आतिथ्यमा सम्पन्न ।
माननीय शहरी विकास मन्त्री प्रा.डा. कुमार इङ्नामज्यूको प्रमुख आतिथ्य तथा शहरी विकास मन्त्रालयका सचिवज्यू एवं कोषका अध्यक्षज्यू श्री गोपाल प्रसाद सिग्देलज्यूको अध्यक्षतामा कोषको ३८ औं वार्षिक उत्सव समारोह २०८२ फाल्गुण २ गते ललितपुरमा सम्पन्न भएको छ ।
कोषको ३८ औं वार्षिकोत्सव समारोह राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठज्यू, नेपाल नगरपालिका संघका अध्यक्ष भिम ढुंगानाज्यू, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष श्री लक्ष्मी देवी पाण्डेज्यूको आतिथ्यमा आयोजना भएको वार्षिकोत्वसव कार्यक्रममा कोषका संचालक सदस्यज्यूहरु, कोषको शहरी विकास मन्त्रालयका सहसचिवज्यूहरु एवम् सम्बद्ध पदाधिकारीहज्यूहरु, नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग एवम् निकायहरुका पदाधिकारीज्यूहरुको, दातृ निकायका प्रतिनिधीज्यूहरुको महत्ववपूर्ण उपस्थिति रहेको थियो ।
वार्षिकोत्वसम कार्यक्रममा माननीय शहरी विकास मन्त्री प्रा.डा. कुमार इङ्नामज्यूले कोषले नगर क्षेत्रको समग्र विकासमा पुऱ्याएको योगदान प्रशंसा गर्दै विद्यमान शहरलगायत भविष्यमा निर्माण हुने शहरमा शहरी जीवनस्तरमा सुधार ल्याउन गुणस्तरीय, वातावरणमैत्री र दिगो शहरी पूर्वाधार निर्माण, विकास तथा विस्तारमा कोषले लगानी बृद्धि गर्दै जानुपर्नेमा जोड दिनुभयो । माननीय मन्त्रीज्यूले कोषलाई संघ, प्रदेश र स्थानीय तह एवम् वित्तीय संस्थाहरुको समेत स्वामित्व रहने गरी पुनर्संरचना नगर विकास कोष ऐन, २०५३ को संशोधन प्रक्रियालाई यथाशिघ्र निष्कर्षमा पुर्याउन मन्त्रालयको प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठज्यूले शहरी पूर्वाधारका क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोग गर्दै सरकारको वित्तीय मध्यस्थकर्ताको रुपमा पूर्वाधारको क्षेत्रमा दिगो विकास लक्ष्य हासिल गर्न पुर्याएको योगदानको उच्च मुल्यांकन गर्नुभयो ।
शहरी विकास मन्त्रालयका सचिवज्यू एवं कोषका अध्यक्षज्यू श्री गोपाल प्रसाद सिग्देलज्यूले नगर विकास कोषले मुलुकको सङ्घीय संरचनाका आधारमा व्यवस्थित सहरी पूर्वाधार विकासका लागि आवश्यक पर्ने लगानी परिचालन गर्न सक्षम हुने विश्वास व्यक्त्त गर्दै कोषलाई मुलुककै एक नेतृत्वदायी वित्तीय मध्यस्थकर्ता संस्थाका रुपमा स्थापित गराउन मन्त्रालयको प्रतिबद्धता जनाउनुभयो ।
नेपाल नगरपालिका संघका अध्यक्ष भिम ढुंगानाज्यू एवम् गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष श्री लक्ष्मी देवी पाण्डेज्यूले कोषले स्थानीय तहलाई पूर्बाधारको क्षेत्रमा लगानीका लागि वित्तीय स्रोत व्वस्थापन गर्न खेलको भूमिका ज्यादै महत्वपूर्ण रहेको बताउँदै सरकारले कोषको पूँजी बृद्धि गर्न ढिलाई गर्न नुहनेमा जोड दिनु भयो ।
कोषका कार्यकारी निर्देशकज्यूबाट कोषले शहरी पूर्वाधार विकासमा कोषले खेलको भूमिकाका बारेमा जानकारी गराउँदै कोषलाई नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र वित्तीय संस्थाहरुको समेत शेयर स्वामित्व रहने गरी दिगो वित्तीय मध्यस्तकर्ताको रुपमा स्थापित गर्ने भावि योजनालाई मूर्तरुप दिन कोषको प्रतिबद्धता जाहेर गर्नुभयो ।
वार्षिकोत्वस समारोहमा पाल्नु भएका प्रमुख अतिथिज्यू, विशिष्ठ अतिथिज्यूहरु, अतिथिज्यूहरु, दातृ निकायका प्रमुख एव प्रतिनिधीज्यूहरु सम्बद्ध मन्त्रालयका पदाधिकारीज्यूहरु एवं सम्पूर्ण उपस्थित महानुभावहरुमा नगर विकास कोष हार्दिक आभार व्यक्त गर्दछौं ।
समारोहका आदरणीय वक्ताहरुबाट प्राप्त सुझाव तथा सल्लाहरुलाई कोषको उद्देश्य प्राप्तिमा मार्गदर्शनका रुपमा ग्रहण गर्नेछौं ।
वार्षिकोत्वस समारोहमा कोषका उत्कृष्ट र प्रशंसनीय कर्मचारीको रुपमा पुरस्कार सहित कदरपत्रबाट सम्मानित हुनहुने कर्मचारी श्री सोम बहादुर घिमिरेज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।