कोषका उपप्रबन्धक श्री देवान राईज्यूको हार्दिक विदाई !
नगर विकास कोषका उपप्रबन्धक श्री देवान राईज्यू कोषको सेवाबाट अनिवार्य अवकाश प्राप्त गर्नु भई सेवा निवृत्त हुनु भएकोमा वहाँले कोषमा पुर्याउनु भएको अमूल्य योगदानको उच्च कदर गर्दै सम्मान स्वरुप कोषका तर्फबाट कार्यकारी निर्देशकज्यूले हार्दिक विदाई गर्नुभयो ।
व्यवस्थापन संकायमा स्नातकोत्तर वहाँले कोषको महत्वपूर्ण महाशाखा वित्त तथा कोष व्यवस्थापन माहाशाखा प्रमुखको रुपमा आफ्नो पदिय जिम्मेवारी कुशल रुपमा निर्वाह गरी कोषको वित्तीय अवस्थालाई सुदृढ बनाईराख्न नेतृत्वदायी भूमिका निर्वाह गर्दै आफूलाई सफल सावित गर्नुभएको छ । ईमान्दर र कर्मनिष्ठ कर्मचारीको रुपमा परिचित वहाँले कोषको संस्थागत विकासमा पुर्यााउन भएको योगदान सदैव अमूल्य रहनेछ ।
विदाई कार्यक्रममा कोषका उपप्रबन्धक एवम् वित्त तथा कोष व्यवस्थापन माहाशाखा प्रमुखज्यूले कोषको सेवामा आफ्नो ३१ वर्षे अवधिको सेवाकालिन समयमा आफूलाई पदिय दायित्व निर्वाहमा सहयोग पुर्याउनुहुने कोषका सम्पूर्ण कर्मचारी लगायत सेवाग्राहीहरु प्रति आभार प्रकट गर्नुभयो ।
उहाँको सेवा निवृत्त जीवन सुखमय बितोस् !