मिति २०७९ चैत्र २२ गते माननीय शहरी विकास मन्त्री सीता गुरुङ्गज्यू तथा शहरी विकास मन्त्रालयका सचिवज्यू एवं कोषका सञ्चालक समिति अध्यक्ष सुरेश आचार्यज्यू, मन्त्रालयका सह सचिवज्यू लगायतका पदाधिकारीज्यूबाट नगर विकास कोषको भ्रमण सहित कोषका विविध विषयहरुमा जानकारी लिने कार्यक्रम सम्पन्न भयो ।
European Union को प्रविधिक सहयोगमा संचालित नगरपालिका वित्त तथा क्षमता विकास (MFCB) कार्यक्रम अन्तर्गत नगर विकास कोषको आयोजनामा वागमती प्रदेशका ४५ वटा नगरपालिकाहरुका नगर प्रमुख तथा योजना प्रमुखहरुको सहभागितामा वागमती प्रदेश अन्तर्गतको ललितपुर महानगरपालिकामा कोषको व्यवसायिक योजना, कार्य सञ्चालन प्रकृया, आयोजना विकास तथा मूल्याङ्कन, लगानीका विभीन्न बित्तिय उपकरणहरु, नगरपालिकाहरुको सम्भावित पूर्वाधार कार्यक्रमहरुकामा विस्तृतरुपमा अन्तरक्रिया सहित १ दिने कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ ।