श्रीमान् सचिवज्यू एवं अध्यक्ष नगर विकास कोषको विदाई कार्यक्रम।
श्रीमान् सचिवज्यू एवं अध्यक्ष नगर विकास कोष श्री सुरेश आचार्यज्यूलाई शहरी विकास मंत्रालयमा हार्दिक विदाई कार्यक्रम !
European Union (EU) को प्रविधिक सहयोगमा संचालित नगरपालिका वित्त तथा क्षमता विकास (MFCB) कार्यक्रम अन्तर्गत नगर विकास कोषको आयोजनामा मधेश प्रदेशका ७७ वटा नगरपालिकाहरुका नगर प्रमुख तथा योजना प्रमुखहरुको सहभागितामा मधेश प्रदेश अन्तर्गतको जनकपुर उपमहानगरपालिकामा कोषको व्यवसायिक योजना, कार्य सञ्चालन प्रकृया, आयोजना विकास तथा मूल्याङ्कनका साथै नगरपालिकाहरुको सम्भावित पूर्वाधार कार्यक्रमहरुका सम्बन्धमा समेत विस्तृतरुपमा अन्तरक्रिया सहित १ दिने कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ ।
श्रीमान् सचिवज्यू एवं अध्यक्ष नगर विकास कोष श्री सुरेश आचार्यज्यूलाई शहरी विकास मंत्रालयमा हार्दिक विदाई कार्यक्रम !
European Union (EU) को प्रविधिक सहयोगमा संचालित नगरपालिका वित्त तथा क्षमता विकास कार्यक्रम अन्तर्गत नगर विकास कोषको आयोजनामा कोशी प्रदेशका ४९ वटा नगरपालिकाहरुका नगर प्रमुख तथा योजना प्रमुखहरुको सहभागितामा कोशी प्रदेश अन्तर्गतको ईटहरी उपमहानगरपालिकामा कोषको व्यवसायिक योजना, कार्य सञ्चालन प्रकृया, आयोजना विकास तथा मूल्याङ्कनका साथै नगरपालिकाहरुको सम्भावित पूर्वाधार कार्यक्रमहरुका सम्बन्धमा समेत विस्तृतरुपमा अन्तरक्रिया सहित १ दिने कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ ।
नगर विकास कोष अगुवाईमा संयुक्त राष्ट संघको (UNCDF, UNDESA, UNOPS) को प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा १७ वटा नगरपालिकाहरु (धरान, इटहरी, जनकपुर, बुटवल, तुल्सीपुर, हेटौडा र धनगढी उपमहानगरपालिका तथा धुलिखेल, भिमदत्त, मेचिनगर, भद्रपुर, हरिवन, गोरखा, तानसेन, विरेन्द्रनगर, रत्ननगर र माडी नगरपालिकाका) प्रमुख, उपप्रमुख, प्रमुख प्रशाशकिय अधिकृत, ईन्जिनियर र अधिकृतज्यूहरुको सक्रिय सहभागिता रहेको थियो ।
Finance Specialist
Joint Secretary, Ministry of Federal Affairs and General Administration
European Union को प्राविधिक सहयोगमा संचालित नगरपालिका वित्त तथा क्षमता विकास (MFCB) कार्यक्रम अन्तर्गत नगर विकास कोषको आयोजनामा लुम्विनी प्रदेशका ३६ वटा नगरपालिकाहरुका नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत तथा ईन्जिनियरहरुको सहभागितामा लुम्विनी प्रदेश अन्तर्गतको तिलोत्तमा नगरपालिकामा कोषको उद्देश्य, संरचना, व्यावसायिक योजना, कार्य सञ्चालन प्रकृया, आयोजना विकास तथा मूल्याङ्कन, लगानी तथा असुली विनियमावली, कोषको भावि योजना, लगानीका विभीन्न वित्तिय उपकरणहरु, नगरपालिकाहरुको सम्भावित पूर्वाधार कार्यक्रमहरुकामा विस्तृतरुपमा अन्तरक्रिया सहित १ दिने कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ ।
यस गोष्ठीबाट कोष र लुम्विनी प्रदेशका नगरपालिकाहरु बीच शहरी पूर्वाधारका आयोजनाहरुमा सहकार्य बृद्धि भई अपेक्षितरुपमा लगानी बृद्धि हुने र व्यवस्थित शहरीकरणमा सहयोग हुने अपेक्षा गरिएको छ ।
शहरी विकास मन्त्रालयका माननीय मन्त्री श्री विक्रम पाण्डेज्यूको प्रमुख आतिथ्य तथा शहरी विकास मन्त्रालयका सचिवज्यू एवं कोषका अध्यक्षज्यू श्री सुरेश आचार्यज्यूको अध्यक्षतामा सम्पन्न कोषको ३५ औं वार्षिक उत्सव समारोहमा पाल्नु भएका प्रमुख अतिथिज्यू, विशिष्ठ अतिथिज्यूहरु, अतिथिज्यूहरु, दातृ निकायका प्रमुख एव प्रतिनिधीज्यूहरु सम्बद्ध मन्त्रालयका पदाधिकारीज्यूहरु एवं सम्पूर्ण उपस्थित महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्दछौं । समारोहका आदरणीय वक्ताहरुबाट प्राप्त सुझाव तथा सल्लाहरुलाई कोषको उद्देश्य प्राप्तिमा मार्गदर्शनका रुपमा ग्रहण गर्नेछौं ।
इटहरी उप‑महानगरपालिका व्यवस्थित वसपार्क निर्माणका लागि मिति २०७९ माघ १९ गते इटहरी उप‑महानगरपालिका, सुनसरी र नगर विकास कोषबीच ऋण सम्झौतासम्पन्न भएको छ ।