Skip to main content

काठमाण्डौ महानगरपालिकाका नगर प्रमुख श्री बालेन्द्र शाहज्यू, सम्बन्धित पदाधिकारीहरु तथा नगर विकास कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यू एवंम् कोषका पदाधिकारीहरु बीच कोषबाट हरित जलवायु कोष (Green Climate Fund-GCF) को स्रोत परिचालन गर्नेगरी तयार गरिएको काठमाण्डौ उपत्यकामा सार्वजनिक यातायात प्रणालीको रुपान्तरणकारी आयोजना विद्युतिय वस (Electrical Bus Rapid Transit-eBRT) को अवधारणापत्रमा छलफल गरियो ।

साथै कार्यक्रममा “शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक”मा व्यवस्था गरिएको “संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण” लाई कोषबाट आवश्यक प्राविधिक सहयोग प्रदान गर्ने सम्बन्धमा समेत छलफल गरियो ।

कठमाण्डौ महानगरपालिका र कोष बीच शहरी पूर्वाधारका नवप्रबर्तक आयोजनाहरुमा सहकार्यका लागि समेत छलफल भयो ।

happy new year