Skip to main content

माननीय उप–प्रधान तथा शहरी विकास मन्त्री श्री प्रकाशमान सिंहज्यूको प्रमुख आतिथ्य तथा शहरी विकास मन्त्रालयका सचिवज्यू एवं कोषका अध्यक्षज्यू श्री गोपाल प्रसाद सिग्देलज्यूको अध्यक्षतामा नगर विकास कोषकाे आयोजनामा मिति २०८१ चैत्र १२ गते देशका २९३ वटै स्थानीय तहका नगर प्रमुखज्यूहरुको महत्वपूर्ण सहभागितामा “शहरी पूर्वाधार: प्राथमिकता तथा वित्त व्यवस्थापन“ विषयक एकदिने गोष्ठी सम्पन्न भएको छ ।

पूर्वाधार मागको तुलनामा शहरी लगानी अपर्याप्त भैरहेको वर्तमान अवस्थामा लगानी योग्य पूर्वाधार आयोजनाहरुको विकासका लागि नगरपालिकाहरुलाई वित्तीय व्यवस्थापनमा सहजीकरण गर्ने उद्देश्य राखी यस कार्यशाला गोष्ठीको आयोजना गरिएको थिायो । कार्यशाला गोष्ठीमा देशका २९३ वटै स्थानीय तहका नगर प्रमुख एवम् प्रतिनिधीहरुको महत्वपूर्ण उपस्थिति रहेको थियो ।

कार्यक्रममा माननीय उप–प्रधान तथा शहरी विकास मन्त्री श्री प्रकाशमान सिंहज्यू सहित शहरी विकास मन्त्रालयका सचिवज्यू एवं कोषका अध्यक्षज्यू श्री गोपाल प्रसाद सिग्देलज्यूबाट नगर प्रमुखज्यूहरुसँग शहरी पूर्वाधार लगानीमा स्थानीय तहबाट सामाना गरिरहेका समस्या, चुनौती तथा समाधानका उपायका सम्बन्धमा महत्वपूर्ण अन्तरक्रिया समेत गर्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.विश्वनाथ पौडेलज्यूले परियोजना छनौट र नगरको पूर्वाधार निर्माणमा वित्तीय लगानीको स्रोत व्यवस्थापन सम्बन्धमा मुख्य प्रस्तुतीकरण गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव श्री केवल भण्डारी, शहरी विकास मन्त्रालयका सह सचिव श्री पद्यकुमार मैनाली र तारकेश्वर नगरपालिकाका उपप्रमुख श्री सृजना बुर्लाकोटीज्यूबाट “शहरी पूर्वाधार: प्राथमिकता तथा वित्त व्यवस्थापन“ का विविध पक्षहरु माथि आफ्ना महत्वपूर्ण विचारहरु राख्दै शहरी विकास बहुआयामिक विषय भएकोले व्यवस्थित शहरी विकासका लागि पूर्वाधारका प्राथमिकताहरु निर्धारण गरी लगानीलाई दिगो र प्रतिफलमुखी बनाउनु पर्नेमा जोड दिनुभयो ।