Skip to main content
Information Officer
pratiktimsina@tdf.org.np
Assistant Officer (Finance)
Assistant Officer (Finance)
Officer (Finance)
Deputy Manager
Assistant Officer (Finance)
Civil Engineer
Deputy Manager
Officer

प्रादेशिक कार्यशाला गोष्ठी (सुदुर पश्चिम प्रदेश)

नगरपालिकाहरुलाई योजनावद्ध विकासको प्रक्रियामा सहयोग गर्दै दिगो शहरी विकासको लागि महत्वपूर्ण योगदान गर्ने उद्देश्यले नगरपालिकाहरुको वित्त तथा क्षमता विकास कार्यक्रम अन्तर्गत नगर विकास कोषको व्यावसायिक योजना, कार्य संञ्चालन प्रक्रिया, आयोजना विकास तथा मूल्याङ्कनका साथै नगरपालिकाहरुको सम्भावित पूर्वाधार विकास कार्यक्रमहरुका सम्बन्धमा समेत छलफल गर्ने उद्देश्यले २९३ वटै नगरपालिकाहरुलाई प्रादेशिक रुपमा विभाजन गरी १ दिने कार्यशाला गोष्ठीको आयोजना गर्ने कार्यक्रम अन्तर्गत मिति २०७७।११।१७ गते सुदुर पश्चिम प्रदेश अन्र्तगतका नगरपालिकाहरुको सहभागितमा धनगढीमा कार्यशाला गोष्ठी सम्पन्न भएकोछ।

सुदूरपश्चिमका ३४ वटा नगरपालिकाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टज्यूले सुदूरपश्चिमका नगर प्रमुखहरुलाई सम्बोधन गर्दै व्यक्तिवादी विकास मोडल भन्दा दीगो र नतिजामुखी विकास आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाज्यूले अनुदानबाट मात्रै विकास गर्ने मान्यतालाई त्याग्न नगर प्रमुखहरुलाई अनुरोध गर्नुभयो । सामाजिक पूर्वाधार निर्माण अनुदानबाट गरे पनि व्यावसायिक र आर्थिक पूर्वाधार ऋण र अनुदानबाट निर्माण गर्ने सोच राख्नुपर्ने बेला आइसकेकेको विचार व्यक्त गर्नुभयो ।

Subscribe to