Skip to main content

नगर विकास कोषको लुम्विनी प्रदेशस्तरीय कार्यशाला गोष्ठी मिति २०८० बैशाख ५ गते शहरी विकास मन्त्री सीता गुरुङ्गज्यूको प्रमुख आतिथ्यमा सम्पन्न

European Union को प्राविधिक सहयोगमा संचालित नगरपालिका वित्त तथा क्षमता विकास (MFCB) कार्यक्रम अन्तर्गत नगर विकास कोषको आयोजनामा लुम्विनी प्रदेशका ३६ वटा नगरपालिकाहरुका नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत तथा ईन्जिनियरहरुको सहभागितामा लुम्विनी प्रदेश अन्तर्गतको तिलोत्तमा नगरपालिकामा कोषको उद्देश्य, संरचना, व्यावसायिक योजना, कार्य सञ्चालन प्रकृया, आयोजना विकास तथा मूल्याङ्कन, लगानी तथा असुली विनियमावली, कोषको भावि योजना, लगानीका विभीन्न वित्तिय उपकरणहरु, नगरपालिकाहरुको सम्भावित पूर्वाधार कार्यक्रमहरुकामा विस्तृतरुपमा अन्तरक्रिया सहित १ दिने कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ ।

यस गोष्ठीबाट कोष र लुम्विनी प्रदेशका नगरपालिकाहरु बीच शहरी पूर्वाधारका आयोजनाहरुमा सहकार्य बृद्धि भई अपेक्षितरुपमा लगानी बृद्धि हुने र व्यवस्थित शहरीकरणमा सहयोग हुने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिम प्रदेशस्तरीय कार्यशाला गोष्ठी सम्पन्न

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय कमल बहादुर शाहज्यूको प्रमुख आतिथ्यमा नगर विकास कोषको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यशाला गोष्ठी मिति २०८० बैशाख १२ गते सम्पन्न !

European Union को प्राविधिक सहयोगमा संचालित नगरपालिका वित्त तथा क्षमता विकास (MFCB) कार्यक्रम अन्तर्गत नगर विकास कोषको आयोजनामा सुदूरपश्चिम प्रदेशका ३४ वटा नगरपालिकाहरुका नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत तथा ईन्जिनियरहरुको सहभागितामा सुदूरपश्चिम प्रदेश अन्तर्गतको धनगढी उपमहानगरपालिकामा कोषको उद्देश्य, व्यावसायिक योजना, कार्य सञ्चालन प्रकृया, आयोजना विकास तथा मूल्याङ्कन प्रक्रिया, लगानी तथा असुली विनियमावली, कोषको भावि योजना, लगानीका विभीन्न वित्तिय उपकरणहरु, नगरपालिकाहरुको सम्भावित पूर्वाधार कार्यक्रमहरु लगायतका विषयमा विस्तृतरुपमा अन्तरक्रिया सहित १ दिने कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ ।

यस गोष्ठीबाट कोष र सुदूरपश्चिम प्रदेशका नगरपालिकाहरु बीच शहरी पूर्वाधारका आयोजनाहरुमा सहकार्य बृद्धि भई अपेक्षितरुपमा लगानी बृद्धि हुने र व्यवस्थित शहरीकरणमा सहयोग हुने अपेक्षा गरिएको छ ।

Subscribe to