Skip to main content

नगर विकास कोषको कोशी प्रदेशस्तरीय कार्यशाला गोष्ठी मिति २०७९ फाल्गुन ३० गते सम्पन्न !

European Union (EU) को प्रविधिक सहयोगमा संचालित नगरपालिका वित्त तथा क्षमता विकास कार्यक्रम अन्तर्गत नगर विकास कोषको आयोजनामा कोशी प्रदेशका ४९ वटा नगरपालिकाहरुका नगर प्रमुख तथा योजना प्रमुखहरुको सहभागितामा कोशी प्रदेश अन्तर्गतको ईटहरी उपमहानगरपालिकामा कोषको व्यवसायिक योजना, कार्य सञ्चालन प्रकृया, आयोजना विकास तथा मूल्याङ्कनका साथै नगरपालिकाहरुको सम्भावित पूर्वाधार कार्यक्रमहरुका सम्बन्धमा समेत विस्तृतरुपमा अन्तरक्रिया सहित १ दिने कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ ।

यस गोष्ठीबाट कोशी प्रदेशका नगरपालिकाहरुसंग शहरी पूर्वाधारका आयोजनाहरुमा सहकार्य सहित अपेक्षितरुपमा लगानी बृद्धि हुने र व्यवस्थित शहरीकरणमा सहयोग हुने अपेक्षा गरिएको छ ।

नगर विकास कोषको ३५औं वार्षिकोत्सव शहरी विकास मन्त्रालयका माननीय शहरी विकास मन्त्री श्री विक्रम पाण्डेज्यूको प्रमुख आथित्थयमा विविध कार्यक्रमका साथ मनाईयो ।

नगर विकास कोषको ३५औं वार्षिकोत्सव शहरी विकास मन्त्रालयका माननीय शहरी विकास मन्त्री श्री विक्रम पाण्डेज्यूको प्रमुख आथित्थयमा विविध कार्यक्रमका साथ मनाईयो ।

मिति २०७९ माघ १५ गते माननीय शहरी विकास मन्त्री विक्रम पाण्डेज्यू तथा शहरी विकास मन्त्रालयका सचिवज्यू एवंम कोषका सञ्चालक समिति अध्यक्ष सुरेश आचार्यज्यू, मन्त्रालयका सह-सचिवज्यू लगायतका पदाधिकारीज्यूबाट नगर विकास कोषको भ्रमण सहित कोषका विविध विषयहरुमा जानका

मिति २०७९ माघ १५ गते माननीय शहरी विकास मन्त्री विक्रम पाण्डेज्यू तथा शहरी विकास मन्त्रालयका सचिवज्यू एवंम कोषका सञ्चालक समिति अध्यक्ष सुरेश आचार्यज्यू, मन्त्रालयका सह-सचिवज्यू लगायतका पदाधिकारीज्यूबाट नगर विकास कोषको भ्रमण सहित कोषका विविध विषयहरुमा जानकारी लिने कार्यक्रम सम्पन्न भयो । कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यूबाट माननीय मन्त्रीज्यू, सचिवज्यू, मन्त्रालयका सह-सचिवज्यू लगायतका पदाधिकारीज्यूहरुलाई स्वागतका साथ कोषको कार्यक्रमहरू र आगामी कार्यदिशाका सम्बन्धमा जानकारी गराउनुभयो ।

कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यज्यूबाट वित्तिय मध्यस्तकर्ताको रुपमा शहरी पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ स्थापना भएको कोषको लगानी विनियमावली, ऋण असुली विनियमावली लगायतका निर्देशिकाहरूमा समय सापेक्ष संसोधन तथा परिमार्जन गरी लगानी विस्तार एवंम कोषको पुर्नसंरचना गरी अगाडी बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा माननीय मन्त्रीज्यूबाट कोषका कार्यक्रमहरुको विषयमा अन्तरक्रियात्मक रुपमा छलफलका साथ कोषले गर्ने लगानीलाई विस्तार गर्ने कोष पुर्नसंरचना सम्बन्धी रणनीतिक पत्र स्वीकृति एवंम कार्यान्वयन र हरित जलवायु कोषको मानक संस्थाको रुपमा विकास गर्दै सहरी पूर्वाधार क्षेत्रमा लगानी बढाउन मन्त्रालयको तर्फबाट महत्वपूर्ण पहल तथा सहयोग रहने जानकारी गराउनुभयो ।

मिति २०७९ पौष ६ गते शहरी विकास मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष श्री सुरेश आचार्यज्यूबाट नगर विकास कोषको भ्रमण सहित कोषका विविध विषयहरुमा जानकारी लिने कार्यक्रम सम्पन्न भयो !

मिति २०७९ पौष ६ गते शहरी विकास मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष श्री सुरेश आचार्यज्यूबाट नगर विकास कोषको भ्रमण सहित कोषका विविध विषयहरुमा जानकारी लिने कार्यक्रम सम्पन्न भयो ।
कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यूबाट श्रीमान् सचिवज्यू एवम् अध्यक्षज्यूलाई स्वागतका साथ कोषले शहरी पूर्वाधार विकासको क्षेत्रमा हालसम्म गरेको योगदान, हालका कार्यक्रमहरु र आगामी कार्यदिशाका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभयो ।
कार्यक्रममा शहरी विकास मन्त्रालयका सह सचिवज्यू श्री प्रदीप परियारज्यू एवम् कोषका पदाधिकारीहरुको समेत उपस्थिति थियो ।
कार्यक्रममा सचिव एवं अध्यक्षज्यूबाट आधुनिक प्रविधिसंगै दिगो शहरी पूर्वाधार विकास आजको आवश्यकता भएकोले शहरी पूर्वाधार विकासमा कोष मुलुकको एक अग्रणी संस्थाकोरुपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । श्रीमान् सचिवज्यूले कोष GCF (Green Climate Fund) परिचालनका लागि Accreditation को प्रक्रियामा रहेकोले GCF को ठूलो Fund प्राप्त गर्नका लागि आवश्यक प्रक्रियाका लागि तदारुक्ता सहित अत्यन्त Professional संस्थाकोरुपमा कार्य गर्न निर्देशन दिनु भयो ।
कोष व्यावसायिक संस्थाकोरुपमा अगाडि बढ्न पूँजी संरचना बृद्धि गर्न आवश्यक रहेको बताउँदै कोषको कार्यक्षेत्र विस्तृतीकरण एवं पुँजी पुनःसंरचना बृद्धिका लागि मन्त्रालयकोतर्फबाट महत्वपूर्ण पहल हुने जानकारी गराउनुभयो ।

Workshop On ‘Strengthen Disaster Preparedness And Response Planning At The Sub-National Level

Town Development Fund organized 2 days training program (December 19-20, 2022) on strengthening Disaster Preparedness and Response Planning at the Sub-National Level to the staffs (Engineers, Environmentalists, and Chief Administrative officers) of 15 municipalities and CBOs under the Municipal Finance Capacity Building (MFCB) Programme at Sauraha, Chitwan.
The main objective of this workshop was to involve CBOs in disaster preparedness and response planning ensuring gender equality and social inclusion (GESI) in the process of DRM at the local level. The workshop highlighted the value of traditional knowledge from indigenous communities to reduce disaster risk at the community level.

कोषले दिगो शहरी पूर्वाधार विकासका लागि पुर्याएको गतिविधिका सम्बन्धमा जानकारीमूलक प्रदर्शन !

नेपाल नगरपालिकाका संघको ८ औ राष्टिय अधिवेशन तथा Symposium on Sustainable Cities and Communities का अवसरमा विभिन्न साझेदार निकायहरुको गतिविधीका सम्बन्धमा जानकारीमूलक Exhibition Event मा नगर विकास कोषले दिगो शहरी पूर्वाधार विकासका लागि पुर्याएको गतिविधिका सम्बन्धमा जानकारीमूलक प्रदर्शन !

Urban Water Supply And Sanitation Sector Project (UWSSP)

Submitted by admin on 11 December 2022
The Urban Water Supply and Sanitation (Sector) Project will support the ongoing efforts of the Government of Nepal to provide better access to water supply and sanitation services to the growing urban population. Building upon the successful implementation of earlier interventions, the project will fund physical investments in water supply and sanitation infrastructure and non-physical investments to improve service regulation, governance, and user participation in selected municipalities, previously referred to as small towns. For this project total cost is $156 million. The project is included in ADB’s Country Operations Business Plan (2018-2020) with a total loan amount of $100 million from ADB’s concessional ordinary capital resources. Counterpart funds from the government are $40 million to cover taxes and duties, land acquisition and resettlement , and counterpart staff....
Subscribe to