Skip to main content

मिति २०७९ पौष ६ गते शहरी विकास मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष श्री सुरेश आचार्यज्यूबाट नगर विकास कोषको भ्रमण सहित कोषका विविध विषयहरुमा जानकारी लिने कार्यक्रम सम्पन्न भयो !

मिति २०७९ पौष ६ गते शहरी विकास मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष श्री सुरेश आचार्यज्यूबाट नगर विकास कोषको भ्रमण सहित कोषका विविध विषयहरुमा जानकारी लिने कार्यक्रम सम्पन्न भयो ।
कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यूबाट श्रीमान् सचिवज्यू एवम् अध्यक्षज्यूलाई स्वागतका साथ कोषले शहरी पूर्वाधार विकासको क्षेत्रमा हालसम्म गरेको योगदान, हालका कार्यक्रमहरु र आगामी कार्यदिशाका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभयो ।
कार्यक्रममा शहरी विकास मन्त्रालयका सह सचिवज्यू श्री प्रदीप परियारज्यू एवम् कोषका पदाधिकारीहरुको समेत उपस्थिति थियो ।
कार्यक्रममा सचिव एवं अध्यक्षज्यूबाट आधुनिक प्रविधिसंगै दिगो शहरी पूर्वाधार विकास आजको आवश्यकता भएकोले शहरी पूर्वाधार विकासमा कोष मुलुकको एक अग्रणी संस्थाकोरुपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । श्रीमान् सचिवज्यूले कोष GCF (Green Climate Fund) परिचालनका लागि Accreditation को प्रक्रियामा रहेकोले GCF को ठूलो Fund प्राप्त गर्नका लागि आवश्यक प्रक्रियाका लागि तदारुक्ता सहित अत्यन्त Professional संस्थाकोरुपमा कार्य गर्न निर्देशन दिनु भयो ।
कोष व्यावसायिक संस्थाकोरुपमा अगाडि बढ्न पूँजी संरचना बृद्धि गर्न आवश्यक रहेको बताउँदै कोषको कार्यक्षेत्र विस्तृतीकरण एवं पुँजी पुनःसंरचना बृद्धिका लागि मन्त्रालयकोतर्फबाट महत्वपूर्ण पहल हुने जानकारी गराउनुभयो ।

Workshop On ‘Strengthen Disaster Preparedness And Response Planning At The Sub-National Level

Town Development Fund organized 2 days training program (December 19-20, 2022) on strengthening Disaster Preparedness and Response Planning at the Sub-National Level to the staffs (Engineers, Environmentalists, and Chief Administrative officers) of 15 municipalities and CBOs under the Municipal Finance Capacity Building (MFCB) Programme at Sauraha, Chitwan.
The main objective of this workshop was to involve CBOs in disaster preparedness and response planning ensuring gender equality and social inclusion (GESI) in the process of DRM at the local level. The workshop highlighted the value of traditional knowledge from indigenous communities to reduce disaster risk at the community level.

कोषले दिगो शहरी पूर्वाधार विकासका लागि पुर्याएको गतिविधिका सम्बन्धमा जानकारीमूलक प्रदर्शन !

नेपाल नगरपालिकाका संघको ८ औ राष्टिय अधिवेशन तथा Symposium on Sustainable Cities and Communities का अवसरमा विभिन्न साझेदार निकायहरुको गतिविधीका सम्बन्धमा जानकारीमूलक Exhibition Event मा नगर विकास कोषले दिगो शहरी पूर्वाधार विकासका लागि पुर्याएको गतिविधिका सम्बन्धमा जानकारीमूलक प्रदर्शन !

Urban Water Supply And Sanitation Sector Project (UWSSP)

Submitted by admin on 11 December 2022
The Urban Water Supply and Sanitation (Sector) Project will support the ongoing efforts of the Government of Nepal to provide better access to water supply and sanitation services to the growing urban population. Building upon the successful implementation of earlier interventions, the project will fund physical investments in water supply and sanitation infrastructure and non-physical investments to improve service regulation, governance, and user participation in selected municipalities, previously referred to as small towns. For this project total cost is $156 million. The project is included in ADB’s Country Operations Business Plan (2018-2020) with a total loan amount of $100 million from ADB’s concessional ordinary capital resources. Counterpart funds from the government are $40 million to cover taxes and duties, land acquisition and resettlement , and counterpart staff....

Urban Infrastructure Development Program (UIDP)

Submitted by admin on 11 December 2022
Urban Infrastructure Development Program (UIDP) is implemented with the financing agreement between GoN and TDF to mobilize the source of GoN. TDF lends financial resources for investments in municipal development projects with the intention to finance projects of municipalities and urbanizing rural Municipalities. Town development fund also seeks to increase the Urban Infrastructure development program portfolio in coming years, for the positive impact on the development of urban centers as engines of growth. UIDP receives a credit line from the GoN within a set out financing modality as loan and this credit line does not comprise of any grant....

Municipal Finance And Capacity Building (MFCB) Programme

Submitted by admin on 10 December 2022
Town Development Fund (TDF), an autonomous  entity, as a financial intermediary institution for the development of urban infrastructures in Nepal, is implementing Municipal Finance and Capacity Building (MFCB) Programme supported by European Union (EU). The MFCB  action  builds  on  the joint  initiative  of  TDF  and  UN  Capital Development  Fund (UNCDF)  in  strengthening  the capacity  of selected municipalities   and   TDF   in  promoting  economic   development   and investment  in  infrastructure, providing improved service delivery and accessing additional resources to finance municipal development agenda. The  MFCB  actions  are  intended  to  provide technical  assistance  to enhance  the capacity  of municipalities  on the demand  side, as well  as enhance the capacity of TDF on the supply side to achieve the long term impact  of  contributing  to foster.....

सह–लगानी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत घोराही सहलगानी खानेपानी तथा सरसफाई आयोजना, दाङ्गमा नगर विकास कोषको रु. १२ करोड ४६ लाख ऋण लगानीका लागि ऋण सम्झौता सम्पन्न !

सहलगानी तथा साझेदारी नीति अवधारणामा नेपाल सरकार, नगर विकास कोष तथा उपभोक्ताको संयुक्त सह लगानीमा निर्माण हुने घोराही सहलगानी खानेपानी तथा सरसफाई आयोजना निर्माणका लागि आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनौट भएको बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अंक (खानेपानी आपूर्तितर्फ) को लागत रु. ४९ करोड ८५ लाख ४९ हजारको २५% ले हुने रकम रु. १२ करोड ४६ लाख ३७ हजार कोषबाट ऋण लगानीका लागि नगर विकास कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटा र घोराही सहलगानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष श्री देवि बहादुर डि.सी बीच मिति २०७९ मंशीर १९ गते ऋण सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौतामा घोराही उपमहानगरपालिका नगर प्रमुख श्री नरुलाल चौधरीज्यूले जमानतकर्ताको रुपमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौता कार्यक्रममा घोराही सहलगानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अन्य पदाधिकारीहरु, घोराही उपमहानगरपालिका पदाधिकारी तथा कोषका पदाधिकारीहरुको समेत उपस्थिति थियो ।
घोराही उपमहानगरपालिका वडा नं. १४, १५, १७ र १८ सेवा क्षेत्र रहेको उक्त आयोजनाको लागि कूल लागतको नेपाल सरकारबाट ७० प्रतिशत अनुदान, नगर विकास कोषबाट २५ प्रतिशत ऋण लगानी र ५ प्रतिशत रकम उपभोक्ता संस्थाबाट व्यहोरिने छ । उक्त आयोजना निर्माण पश्चात सन् २०२४ मा १३०४७ घरधुरीलाई सम्पवेल र डिप बोरिङ मार्फत २४ सै घण्टा खानेपानी सेवा पुर्याउने लक्ष्य रहेको छ ।

सह–लगानी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत खैरेनीटार सहलगानी खानेपानी तथा सरसफाई आयोजना, तनहुँमा नगर विकास कोषको रु. ४ करोड ३४ लाख ऋण लगानीका लागि ऋण सम्झौता सम्पन्न !

सहलगानी तथा साझेदारी नीति अवधारणामा नेपाल सरकार, नगर विकास कोष तथा उपभोक्ताको संयुक्त सह लगानीमा निर्माण हुने खैरेनीटार सहलगानी खानेपानी तथा सरसफाई आयोजना निर्माणका लागि आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनौट भएको बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अंक (खानेपानी आपूर्ति तर्फ) को लागत रु. १७ करोड ३७ लाख २५ हजारको २५% ले हुने रकम रु. ४ करोड ३४ लाख ३१ हजार कोषबाट ऋण लगानीका लागि नगर विकास कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यू र खैरेनीटार सहलगानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष श्री रामचन्द्र उपाध्यायज्यू बीच मिति २०७९ मंशीर १५ गते ऋण सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतामा शुक्लागण्डकी नगरपालिका नगर प्रमुख श्री कृष्ण राज पण्डितज्यूले जमानतकर्ताको रुपमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौता कार्यक्रममा खैरेनीटार सहलगानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अन्य पदाधिकारीहरु, शुक्लागण्डकी नगरपालिकाका पदाधिकारी तथा कोषका पदाधिकारीहरुको समेत उपस्थिति थियो ।

शुक्लागण्डकी नगरपालिका वडा नं. ६ र ७ सेवा क्षेत्र रहेको उक्त आयोजनाको लागि कूल लागतको नेपाल सरकारबाट ७० प्रतिशत अनुदान, नगर विकास कोषबाट २५ प्रतिशत ऋण लगानी र ५ प्रतिशत रकम उपभोक्ता संस्थाबाट व्यहोरिने छ । उक्त आयोजना निर्माण पश्चात सन् २०२३ मा ३०६१ घरधुरी (१५२०० जनसंख्या) लाई सम्पवेल मार्फत २४ सै घण्टा खानेपानी सेवा पुयाउने लक्ष्य रहेको छ ।

Subscribe to