नगर विकास कोषको ३६ औं वार्षिकोत्सव समारोहमा नगर प्रमुख, पोखरा महानगरपालिकाका एवम् नगर विकास कोष संचालक समितिका सदस्य श्री धनराज आचार्य, खानेपानी मन्त्रालयका सचिव श्री सुरेश आचार्यज्यू, European Union का महामहिम राजदुतMS. Veronique LORENZO, Asian Development Bank का Country Director Mr. Arnaud Arnaud Cauchois, नेपाल नगरपालिका संघ का अध्यक्ष श्री भीम ढुंगानाज्यू, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष श्री लक्ष्मी देवी पाण्डेज्यूको आतिथ्यमा आयोजना भएको वार्षिकोत्वसव कार्यक्रममा कोषका संचालक सदस्यज्यूहरु, कोषको शहरी विकास मन्त्रालयका सहसचिवज्यूहरु एवम् सम्बद्ध पदाधिकारीहज्यूहरु, नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग एवम् निकायहरुका पदाधिकारीज्यूहरुको महत्ववपूर्ण उपस्थिति रहेको थियो ।
वार्षिकोत्वसम कार्यक्रममा कोषका कार्यकारी निर्देशकज्यूबाट कोषले शहरी पूर्वाधार विकासमा कोषले खेलको भूमिकाका बारेमा जानकारी गराउँदै कोषलाई नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र वित्तीय संस्थाहरुको समेत शेयर स्वामित्व रहने गरी दिगो वित्तीय मध्यस्तकर्ताको रुपमा स्थापित गर्ने भावि योजनालाई मूर्तरुप दिन कोषको प्रतिबद्धता जाहेर गर्नुभयो ।
वार्षिकोत्वस समारोहमा पाल्ुन भएका प्रमुख अतिथिज्यू, विशिष्ठ अतिथिज्यूहरु, अतिथिज्यूहरु, दातृ निकायका प्रमुख एव प्रतिनिधीज्यूहरु सम्बद्ध मन्त्रालयका पदाधिकारीज्यूहरु एवं सम्पूर्ण उपस्थित महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्दछौं । समारोहका आद रणीय वक्ताहरुबाट प्राप्त सुझाव तथा सल्लाहरुलाई कोषको उद्देश्य प्राप्तिमा मार्गदर्शनका रुपमा ग्रहण गर्नेछौं ।
वार्षिकोत्वस समारोहमा उत्कृष्ट सेवाग्राीकोरुपमा कदर प्रत्र सहित सम्मान हुन भएका बुटवल उपमाहानगरपालिका र जिरी नगरपालिका तथा लमही खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र उर्लाबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई हार्दिक बधाई साथै कोषका उत्कृष्ट र प्रशंसनीय कर्मचारीको रुपमा पुरस्कार सहित कदरपत्र प्राप्त गर्नुहुने कर्मचारी श्री मनोहर उपाध्याय र कदर पत्र प्राप्त गर्नुहुने कोष युनियनका निर्वतमान संस्थापक अध्यक्ष श्री जगत प्रसाद घिमिरेज्यूलाई लाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।
Municipal Finance and Capacity Building (MFCB) Programme
Programme Status
Last Update: October 2, 2023 Time elapsed: 95% (118% original)
Start Date: 1 Feb 2019 Completion date: 31 January 2023 (Extended to 31 Jan 2024)
Total Activities: 52 Completed Activities: 24 (Process=14; Task=10)