Skip to main content

कोषको शहरी पूर्वाधार विकास आयोजना अन्तर्गत वालिङ नगरपालिकामा “वालिङ बसपार्क (Waling Bus Park)" आयोजना निर्माणका लागि ऋण तथा अनुदान सम्झौता सम्पन्न ।

कोषको शहरी पूर्वाधार विकास आयोजना अन्तर्गत वालिङ नगरपालिकामा “वालिङ बसपार्क (Waling Bus Park)" आयोजना निर्माणका लागि ऋण तथा अनुदान सम्झौता सम्पन्न ।

वालिङ नगरपालिकामा व्यवस्थित वसपार्क निर्माणका लागि मिति २०८० असोज ८ गते वालिङ नगरपालिका र नगर विकास कोष बीच ऋण सम्झौता सम्पन्न भएको छ ।

नगर विकास कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यू र वालिङ नगरपालिका नगर कार्यपालिका प्रमुख श्री कृष्ण खाँणज्यू बीच आयोजनाको कुल अनुमानित लागत रू. १२,२७,५७,०००।-(अक्षरेपी बाह्र करोड सत्ताईस लाख सन्ताउन्न हजार मात्र) को ५५ प्रतिशतले हुन आउने रकम रू. ६,७५,१६,३५०।- (अक्षरेपी छ करोड, पचहत्तर लाख, सोह्र हजार तीन सय पचास मात्र) ऋण र १० प्रतिशतले हुन आउने रकम रू. १,२२,७५,७००।‑ (अक्षरेपी एक करोड बाईस लाख पचहत्तर हजार सात सय मात्र) को अनुदान सम्झौतामा हस्ताक्षर सम्पन्न गरिएको छ ।

वालिङ बसपार्क आयोजना निर्माणको कुल अनुमानित लागत रू. (१२,२७,५७,०००।- (अक्षरेपी बाह्र करोड सत्ताईस लाख सन्ताउन्न हजार मात्र) को ३५ प्रतिशत बराबरले हुन आउने रकम रू. ४,२९,६४,९५०।‑ (अक्षरेपी चार करोड उनान्तीस लाख चौसठ्ठी हजार नौ सय पचास मात्र) रकम नगरपालिकाबाट व्यहोरिनेछ ।

वालिङ नगरपालिकाको वडा नं. ८ मा करिब ३० रोपनी क्षेत्रफलमा निर्माण हुने यो आयोजनालाई लुम्विनी प्रदेश र गण्डकी प्रदेशका जिल्लाहरुबाट आवत जावत गरिने सवारी साधनहरुको व्यवस्थापनका लागि महत्वपूर्ण आयोजनाकोरुपमा मानिएको छ ।

उक्त सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुखज्यूबाट यस बसपार्कबाट नगरवासीलाई व्यवस्थित र आधुनिक सेवा सुविधा प्रवाह गर्नुका साथै यस क्षेत्रका जनताको सामाजिक र आर्थिक विकासमा समेत टेवा पुग्ने विस्वास व्यक्त गर्दै आयोजना गुणस्तरीयरुपमा समयमा सम्पन्न गर्नेतर्फ नगरपालिकाको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्झौता कार्यक्रममा कोषका कार्यकारी निर्देशकज्यूले आयोजना ऋण सम्झौताको चरणसम्म आई पुग्दा नगर विकास कोषले आयोजनालाई गुणस्तरीय बनाउन आयोजनाको तयारी तथा विकासको चरणदेखि नै नगरपालिकासंग सहकार्य भएको बताउदै आयोजनालाई गुणस्तरीयरुपमा सम्पन्न गर्नेतर्फ नगरपालिकाको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गर्नुभयो । यो आयोजना लुम्विनी प्रदेश र गण्डकी प्रदेशका विभिन्न जिल्लाका सवारी साधनहरुको लागि व्यवस्थित गन्तव्यको रुपमा विकास भई व्यवस्थित शहरीकरणमा समेत महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्झौता कार्यक्रमा नगर विकास कोषको तर्फबाट नगर विकास कोष संचालक समितिका सदस्य श्री हिक्मत जंग कार्कीज्यू तथा कोषका पदाधिकारीहरु र नगरपालिकाको तर्फबाट वालिङ नगरपालिकाका उप–प्रमुख श्री कविता गैह्रेज्यू, वडा नं. १ अध्यक्ष श्री पदम गुरुङज्यू, वडा नं.१० अध्यक्ष श्री सुनिल खनालज्यू र वालिङ नगरपालिकाका इन्जिनियर धुर्व रेग्मीज्यूको पनि महत्वपूर्ण उपस्थिती रहेको थियो ।

कोषको शहरी पूर्वाधार विकास आयोजना अन्तर्गत वुटवल उप-महानगरपालिकामा “बुटवल आधुनिक बहुतल्ले पार्किङ भवन (Modern Multilayer Parking Building) आयोजना" निर्माणका लागि ऋण सम्झौता सम्पन्न ।

वुटवल उप‑महानगरपालिकामा सवारी साधनको चापलाई मध्यनजर गर्दै सवारी साधनको व्यवस्थित पार्किङ्गको लागि आधुनिक बहुतल्ले पार्किङ भवन, (Modern Multilayer Parking Building) आयोजना निर्माणका लागि मिति २०८० श्रावण ०८ गते वुटवल उप‑महानगरपालिका र नगर विकास कोष बीच ऋण सम्झौता सम्पन्न भएको छ ।

नगर विकास कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यू वुटवल उप‑महानगरपालिका नगर प्रमुख श्री खेलराज पाण्डेज्यू बीच रू. १९ करोड ७६ लाख २७ हजार को ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न गरिएको छ ।

यस आयोजना निर्माणको कुल अनुमानित लागत रकम रु. ३० करोड ४० लाख ४२ हजार को ६५ प्रतिशत ऋण र ५ प्रतिशत अनुदान कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिनेछ ।

कोषले नविनतम् र नवप्रबद्र्धक आयोजनाहरुमा लगानी विस्तार गर्दै व्यवस्थित शहरीकरणमा सघाउ पुर्याउने उद्देश्यले नेपालमै यस किसिमको पहिलो आयोजनामा कोषले लगानी प्रबद्र्धन गरेको छ । बुटवल ९ नम्बर वडाको अहिले बसपार्क रहेको क्षेत्रभित्र सञ्चालन हुने पार्किङ भवनमा एक पटकमा १९५ कार अट्ने गरी डिजाइन भएको छ ।अनुपातको हिसाबमा सतही पार्किङ भन्दा करिब ५ गुणासम्म पार्किङ गर्न सकिने यसको संरचनाको माथिल्लो भाग फलामको हुन्छ र आवश्यकताको आधारमा यसलाई अन्यत्र सार्न सकिने र बहुतले पार्किङ युनिट अटोमेटिक तरिकाले सञ्चालन हुनेछ ।

सम्झौता कार्यक्रममा बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेज्यूले हाल वुटवल उपमहानगरपालिकाको बजार क्षेत्रमा पार्किङ गर्ने स्थानको अभाव भैरहेकाले यस आयोजनलाई अगाडि बढाईएको र समयमा सम्पन्न गरी बजार क्षेत्रका सवारी साधनलाई उचित रुपमा व्यवस्थापन हुने बताउनुभयो ।

कोषका कार्यकारी निर्देशकज्यूले नेपालमै पहिलो पटक र कोषले पनि पहिलो पटक यस्तो सम्झौता गरेको बताउँदै यो आयोजना अन्य नगरपालिकाका लागि समेत नमूना आयोजनाको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । वहाँले वुटवल उपमहानगरपालिकासँग शहरी पूर्वाधार विकासका अन्य ठूला आयोजनामा समेत सहकार्य गर्ने गरी अगाडि बढुनपर्नेमा जोड दिनुभयो ।

नगर विकास कोष संचालक समितिको २०८ औं बैठक सम्मपन्न ।

नगर विकास कोष संचालक समितिको २०८ औं बैठक शहरी विकास मंत्रालयका सचिव एवं कोषका अध्यक्ष श्री रविन्द्रनाथ श्रेष्ठज्यूको अध्यक्षतामा मिति २०८०।०३।१५ गते सम्मपन्न !

सञ्चालक समितिको बैठक पूर्वाधारको क्षेत्रमा कोषको लगानीलाई विविधिकरण गर्ने तथा नवप्रवर्तक र नविनतम आयोजनाहरुलाई प्रोत्साहन तथा प्रबद्र्धन गर्ने कोषको लक्ष्य अनुरुप बुटवल उपमहानगरपालिकमा “बुटवल आधुनिक बहुतल्ले पार्किङ भवन, (Butwal Modern Multilayer Parking Building)" आयोजनाको स्वीकृती, कोषबाट विभिन्न नगपालिका र उपभोक्ता संस्थाहरुमा गरिएको ऋण लगानीको ऋणको पुनर्संरचना वा पुनर्तातालिकीकरण गर्न आवश्यक रहेका ऋणहरुको पुनर्संरचना वा पुनर्तातालिकीकरणको स्वीकृतीको प्रक्रिया अगाडि बढाउने, कोषको संगठन तथा व्यवस्थापन सर्वेक्षण अध्ययन प्रतिवेदन तयार गर्ने स्वीकृती लगायतका निर्णय सहित सम्पन्न ।

Subscribe to